तीन महिनामा २३ लागूऔषधसम्बन्धी मुद्दा दर्ता « Khabarhub

तीन महिनामा २३ लागूऔषधसम्बन्धी मुद्दा दर्ता


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टिकापुरास्थित इलाका प्रहरी कार्यालयमा तीन महिनाको अवधिमा २३ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् । गएको माघ २४ गतेदेखि यही वैशाखसम्म लागूऔषधका २३ मुद्दा दर्ता भएका छन् भने ३३ जना पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

लागूऔषध सेवनमा बालबालिकादेखि अधिकांश युवा सहभागिता देखिएपछि लागूऔषध सेवन तथा ओसारपसार रोक्न प्रहरीले कडाइ गरेको छ । ‘लागूषधमा संलग्न अधिकांश युवा छन्’, प्रमुख प्रहरी नायब उपरीक्षक भाटले भने, ‘पक्राउ परेकामध्ये अधिकांश १६ देखि ३५ वर्षका युवा छन् ।’ पक्राउ परेका युवाका साथबाट ५१ ग्राम सात सय मिलिग्राम खैरो हिरोइन, चरेस २६ ग्राम ६ सय मिलिग्राम र गाँजा एक सय २० ग्राम बरामद गरिएको उनले बताए । 

‘लागूऔषधको ठूलो डिलर भारततिरै हुने गरेको छ’, प्रहरी नायब उपरीक्षक भाटले भने, ‘त्यहाँबाट ल्याएर यहाँका युवाले बिक्रीवितरण गर्ने गरेका हामीले पाएका छौँ । भारतबाट ल्याउनै नदिन कडाइ गर्नुका साथै लागूऔषध नियन्त्रणलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ ।’

लागूऔषध सेवनले सामाजिक, आर्थिक र शारीरिक रुपमा असर गर्नुका साथै अकालमै मृत्यु हुन सक्ने भएकाले लागूऔषध ओसारपसारसम्बन्धी केही जानकारी भए प्रहरीलाई सूचना उपलब्ध गराइदिन  सबैलाई आग्रहसमेत गरेको छ । ‘प्रहरीलाई समुदायले सूचना गरिदिनुपर्छ’, उनले भने, ‘लागूऔषध सेवनले एक मानिसमात्र बर्बाद हुँदैन, उसको परिवार र समाज बर्बाद हुन्छ । यसका असरहरू धेरै छन् ।’

इलाका प्रहरी कार्यालय टीकापुरले तीन महिनाको अवधिमा लागूऔषधसहित सार्वजनिक हित विरुद्धका १२, जुवा र चोरीसम्बन्धी तीन-तीनलगायत ६६ वटा मुद्दा दर्ता गरी ९३ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । सोही अवधिमा १० जना फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पछिल्लो समय प्रहरीले लागूऔषध नियन्त्रणमा सक्रियता देखाएको स्थानीय निर्मला कडायतले बताए । ‘बालबालिका जोगाउन मुस्किल भएको छ । यस्तो अवस्थामा लागूऔषधको प्रयोग नियन्त्रणका लागि प्रहरी मात्रै सक्रिय भएर पुग्दैन’, उनले भने, ‘हरेक अभिभावकले प्रहरीलाई सहयोग गर्नुका साथै आफ्ना बालबालिकालाई निगरानी पनि गर्नुपर्छ ।’

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ४ : ०४ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी