रेशम चौधरीको रिहाईका लागि विकल्प खोजिरहेका छौँ : माधव नेपाल « Khabarhub

रेशम चौधरीको रिहाईका लागि विकल्प खोजिरहेका छौँ : माधव नेपाल


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

धनुषा – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले राष्ट्रिय समस्याका रूपमा रहेको भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने जिकिर गरे ।

उनले भ्रष्टाचारको अन्त्य नभएसम्म देशलाई विकासतर्फ डोहो¥याउन कठिन हुने भएकाले यो राष्ट्रिय समस्या समाधान हुनु आवश्यक रहेको बताए । भ्रष्टाचारलाई निर्मूल पार्नु नै अहिले पहिलो प्राथमिकता हुनुपर्ने उनको कथन रहेको थियो ।

नेपालले भने, “सरकार मुलुकमा सुशासन कायम गर्नका लागि कदम उठाइरहेको छ । यो राम्रो विषय हो । नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ ।”

अर्को प्रसङ्गमा अध्यक्ष नेपालले रेशम चौधरीको रिहाइका लागि आफूहरु लागि परेको बताए । उनले चौधरीको रिहाई गर्न विकल्पहरुको खोजी भइरहेको स्पष्ट पारे ।

मधेस सरकारको नेतृत्व परिवर्तन वा सरकार परिमार्जनको कुरा उठिरहेको बेला उनले जसपा संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वमा रहेको सरकारलाई नै निरन्तरता दिने गरी सहमति भएको बताए ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ९ : १२ बजे

खोटाङको केपिलासगढीमा ‘मह सिकार महोत्सव’

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार

गर्मीमा छालाको हेरचाह कसरी गर्ने ? यसो भन्छन् चिकित्सक

काठमाडौँ- गर्मी मौसम सुरु भइसकेको छ । यो मौसममा छालामा

एमाले सचिवालय बैठक बस्दै, सदस्यहरूले धारणा राख्ने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक

 ‘स्टार किड’लाई फिल्म पाउन सहज, हिट बनाउन सकस

काठमाडौं – स्टार किडलाई मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न कति सहज

लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउसे