विधानको रक्षामा प्रेसको भूमिका महत्वपूर्ण : मन्त्री आले « Khabarhub

विधानको रक्षामा प्रेसको भूमिका महत्वपूर्ण : मन्त्री आले


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दमौली – गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले संविधानको रक्षा र लोकतन्त्र संरक्षणमा नेपाली प्रेसको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

प्रेस युनियन तनहुँको आज आयोजित आठौँ अधिवेशनको उद्घाटनमा मन्त्री आलेले नेपाली पत्रकारिता क्षेत्रले लोकतन्त्रको संरक्षण र संविधान रक्षाका लागि खेलेको भूमिका सदैव स्मरणीय रहँदै आएको उल्लेख गरे ।

जोखिमका बीचमा पनि पत्रकारले आफ्नो धर्म निर्वाह गरिरहेको बताउँदै मन्त्री आलेले पछिल्लो समय अनलाइन पत्रकारितामा विकृति बढेको गुनासो गरे । उनले भने, “पछिल्लो समय अनलाइन पत्रकारितामा जनता प्रष्ट हुन सकिरहेका छैनन्, जनता भ्रममा परिरहेका छन् । त्यसलाई पत्रकारले चिर्नुपर्ने अवस्था छ ।”

पत्रकारितामा पनि विकृति बढ्दै गएकाले त्यसलाई सुधार गर्नुपर्ने आवश्यक रहेको भन्दै उनले भने, “पत्रकारितामा पैसाको मोलमोलाइको प्रवृत्ति बढ्दै छ । पत्रकारिता राज्यको चौथो अङ्ग भएकाले पत्रकारिता क्षेत्रलाई सुधार्नुपर्ने आवश्यकता छ ।”

प्रेस युनियन लोकतन्त्रमा विश्वास राख्ने संस्था भएकाले प्रेस युनियनमा आबद्ध पत्रकारहरुले स्वच्छ पत्रकारिता गर्नुपर्नेमा उनले जोड दिए ।
प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ऋषिकान्त पौडेलले पत्रकारितामा चुनौती रहेकाले वर्तमान सरकारले पत्रकारिता क्षेत्रको समस्या सम्बोधन गर्नेमा विश्वास व्यक्त गरे । प्रेस युनियनका महासचिव दिलीप पौडेलले लोकतान्त्रिक आन्दोलनमा नेपाली प्रेसले खेलेको भूमिकाको चर्चा गर्दै सञ्चारमाध्यमलाई टिकाइराख्न सक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष एवं राससका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले, नेपाल पत्रकार महासङ्घका गण्डकी प्रदेश उपाध्यक्ष सोनी शर्मा, नेपाल प्रेस युनियनका प्रदेश महासचिव प्रकाश ढकाल लगायतले पत्रकारिता क्षेत्रका चुनौतीका बारे प्रष्ट पारे ।

अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ९ : १७ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल