पराजयको बाबजुद बार्सिलोनालाई ला लिगाको उपाधि | Khabarhub Khabarhub

पराजयको बाबजुद बार्सिलोनालाई ला लिगाको उपाधि


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चार खेल अगावै ला लिगा च्याम्पियन बनेको बार्सिलोनाले उपाधि उचालेको छ।

शनिबार राति घरेलु मैदानमा रियाल सोसिडाडसँग १–२ गोलको नतिजामा पराजित भए पनि अंक तालिकाको आधारमा बार्सिलोनाले उपाधि उचालेको हो।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा बासिलोना रियल सोसिडाडसँग २–१ ले पराजित भएपछि उसका समर्थकले एकलौटी विजयको उल्लास भने मनाउन पाएनन्। यद्यपि, उसले उपाधिमा बाजी मारेर आफ्नो जीतमा भने सेलिब्रेसन गरेको छ।

खेल सुरु भएको ५‍‍ पाँचौं मिनेटमा मिकेल मेरिनोले गरेको गोलसँगै पाहुना टिम सोसिडाडले अग्रता लिन सुरु गरेको थियो। र, पहिलो हाफ १-० मा नै टुंगियो।

घरेलु टिम बार्सिलोना माथि दबाब बढाएको सोसिडाडका लागि ७२औं मिनेटमा अलेजेन्डर सोर्लोथले गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारे पछि बार्सिलोना थप दबाबमा पर्न गयो।

तर, निर्धारित समयको अन्तिम मिनेटमा लेवान्डोस्कीले एक गोल फर्काए पछि बार्सिलोनाले गोलरहित पराजय भने भोग्नु परेन। अन्ततः खेल २–१ मा टुंगिदै बार्सिलानाले उपाधि जीतमा सेलिब्रेसन गर्ने राहत पायो।

तर, बार्सिलोना ८५ अंक जोडेर ला लिगाको च्याम्पियन बन्न सफल हुन पुग्यो।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ७ : ५७ बजे

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक

काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको