उपराष्ट्रपति यादवले भने-'व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्नेछ' | Khabarhub Khabarhub

उपराष्ट्रपति यादवले भने-‘व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्नेछ’


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्ने बताएका छन्।

साना तथा मझौला उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको टोलीसँग आज भएको भेटमा उनले व्यवसायीको समस्या राष्ट्रिय समस्या भएकाले उक्त समस्या समाधानमा सरकार लाग्ने बताएका हुन् ।

‘राष्ट्रपति ज्यूले भर्खरै संसद्मा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले व्यवसायीको समस्या समाधान गर्ने विश्वास मैले लिएको छु, आउने बजेटले व्यवसायीको समस्या समाधान हुन्छ’, उपराष्ट्रपति यादवले भने । व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

महासङ्घका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण व्यवसायी आफ्नो व्यवसाय छाड्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले महँगो घरभाडा, चर्को भन्सार दरबन्दी, विविध शीर्षकमा चर्को कर, कच्चापदार्थको अभाव, दक्ष जनशक्तिको अभाव, कारोबारमा मन्दीलगायतले व्यवसायी मारमा परेको बताए ।

भेटमा महासङ्घका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठ, सल्लाहकार सरोज थापा, उपाध्यक्ष सरोजकुमार श्रेष्ठ, गिरिराज पोखरेल, महासचिव रत्नबहादुर घिमिरे, कोषाध्यक्ष गणेशकुमार न्यौपाने, सदस्य देवराज कार्कीलगायत महासङ्घका पदाधिकारी एवं सदस्यको उपस्थिति थियो । 

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  २ : ०७ बजे

नेपालमा थप लगानी गर्न जापानका व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा

दलहरूको आम्दानी : एमाले, माओवादी, रास्वपाको सदस्यता शुल्क र नवीकरण, कांग्रेसको चन्दा !

काठमाडौं- देशका ११५ मध्ये ८८ राजनीतिक दलहरूले गत आर्थिक वर्ष

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुन बरामद

 काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित

शेयर बजारमा उछाल, ४९ अंकले बढ्दा ११ अर्ब बढीको कारोबार 

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ ।

सुर्खेत आउँदै गरेको फोर्स गाडी दुर्घटना, १६ जना घाइते

सुर्खेत– सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका