‘विकसित नेपाल निर्माण गर्न बहुमत लिएर एमाले आउनेछ’ « Khabarhub

‘विकसित नेपाल निर्माण गर्न बहुमत लिएर एमाले आउनेछ’


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकसित नेपाल निर्माण गर्न एमाले बहुमतसहित सरकारमा आउने बताएका छन् । 

शुक्रबार संसद्‌मा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले बहुमतसहित विकसित नेपाल निर्माण गर्न नीति तथा कार्यक्रम लिएर एमाले फेरि सरकारमा आउने दाबी गरेका हुन् । 

सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताको समस्या समाधान गर्न सक्षम नरहेको भन्दै उनले आगामी एक वर्ष फेरि समय बर्बाद हुने टिप्पणी गरे । यसर्थ सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित नगर्न सबै सदस्यहरूमा ओलीले आग्रह गरे । 

सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्न नहुने भन्दै उनले यसलाई फिर्ता लिएर देश र जनताको समस्या समाधान गर्न सक्नेगरी अर्को नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  २ : १९ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय