अलैँची उत्पादनसम्बन्धी शिक्षाको आवश्कता : मन्त्री सिटौला « Khabarhub

अलैँची उत्पादनसम्बन्धी शिक्षाको आवश्कता : मन्त्री सिटौला


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बनियान– कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले अलैँची विज्ञको आवश्यकता रहेको रहेको बताएका छन् । झापाको बिर्तामोडमा आज अलैँची व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा उनले नेपालमा अलैँची विज्ञ नरहेकाले अलैँची विज्ञ उत्पादन गर्न जरुरी रहेको उल्लेख गरे । 

‘आफू पनि अलैँची किसान भएकाले अलैँची किसानका समस्याकाबारेमा जानकार छु । अलैँची उत्पादनका क्षेत्रमा देखिएका समस्या समाधानका लागि अलैँची उत्पादनसम्बन्धी शिक्षाको आवश्कता छ’, मन्त्री सिटौलाले भने भयो ।

अलैँची खेती प्रवर्द्धनका लागि किसान र व्यवसायीले वेयर हाउस, सहुलियत ऋणलगायत विविध क्षेत्रमा कुरा उठाएकाले प्रदेश सरकारले उत्पादनमुखी अनुदान दिने उनको भनाइ थियो । अलैँची व्यवसायीले कर छल्ने प्रवृत्ति रहेको उल्लेख गर्दै मन्त्री सिटौलाले व्यवसायीलाई कर छली नगर्न आग्रह गरे ।

कार्यक्रममा महासङ्घका अध्यक्ष निर्मल भट्टराईले मुलुकमा उत्पादन भएको ९८ प्रतिशत अलैँची निर्यात हुने गरेको जानकारी दिए । उनले भारतलगायतका मुलुकबाट सुकमेल आयात भइरहँदा सोही मात्रामा उत्पादन भएको अलैँची नेपाली बजारमा खपत नभएकाले खपत बढाउने र तेस्रो मुलुक निर्यात गर्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा मन्त्री सिटौलालाई अलैँची व्यवसायी र किसानको समस्याका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ४ : २४ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल