सहिद स्मारक ए डिभिजन लिगमा एपीएफ र मनाङ मर्स्याङ्दीको बराबरी | Khabarhub Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा एपीएफ र मनाङ मर्स्याङ्दीको बराबरी


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबसँग मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले एपीएफ क्लबसँग २-२ गोलको बराबरी खेलेको हो । खेलको १३ औं मिनेटमा कोफी कुडोले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको २० औं मिनेटमा नवीन लामाले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको २६ औं मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै मनाङलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ६४ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई २-२ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै मनाङले २० खेलमा २४ अंक जोडेको छ । एपीएफले २० खेलमा २३ अंक जोडेको छ । त्यस्तै आइतबार नै च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्रले न्युरोड टिमलाई २-० गोल अन्तरले पराजित गर्यो । मच्छिन्द्रका लागि ओलावाले आफिजले खेलको १३ मिनेट र सौरभ लिम्बुले इन्जुरी समयमा गोल गरेका थिए ।

 जितसंगै २० खेलमा मच्छिन्द्रले ३४ अंक जोडेको छ भने समान खेल खेलेको न्युरोड टिमको २३ अंक रहेको छ । 

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ६ : २२ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक