मोहम्मद कार्यकालका अँध्यारा दिन | Khabarhub Khabarhub

मोहम्मद कार्यकालका अँध्यारा दिन


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पद त्यागको एक सातापछि नै नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारी असुरक्षित हुनेछन्। सन् २०१५ मा राष्ट्रपति कार्यालयमा प्रवेश गरेको भन्दा कमजोर अशक्त रूपमा उनको जीवन हुने छ। पूर्व सैनिक नेता उनी आम निर्वाचनमा प्राप्त सफलता सहित पदासीन भएका हुन्।

असन्तुष्टिमा रुमलिई रहेको नाइजेरियामा उनलाई शक्तिमा स्थापित गराउन एउटा गठबन्धनले काम गरेको थियो। सैन्य पृष्ठभूमि भएका कारण कठोर हुने र उनको कार्यकालमा सुशासन आउने विश्वास नाइजेरियामा थियो। सन् १९८० को दशकमा छोटो समयमा सत्तामा रहेका उनको दोस्रो कार्यकाल भने इस्लामिक अतिवादी सङ्गठनले उत्तर पूर्वी भूभागमा मच्चाएको वितण्डा र भ्रष्टाचारका कारण असफल भयो। यसै असफलताले उनको बाँकी जीवनसमेत असुरक्षित बनेको छ।

असन्तुष्टिमा रुमलिई रहेको नाइजेरियामा उनलाई शक्तिमा स्थापित गराउन एउटा गठबन्धनले काम गरेको थियो। सैन्य पृष्ठभूमि भएका कारण कठोर हुने र उनको कार्यकालमा सुशासन आउने विश्वास नाइजेरियामा थियो।

नाइजेरियाको शासन सत्ता सम्हाल्ने उनी अन्तिम बेलायत प्रशिक्षित सैन्य पृष्ठभूमिका व्यक्तिसमेत हुन् । तर दुई पटक चार वर्षे कार्यकाल पुरा गरेका उनको यो यात्रा एकदमै दुखद रहेको छ। असफलताको शृङ्खलाले घेरिएको छ। अमेरिकी सेनाको सहयोग पाएको नाइजेरियाली सेनाले उत्तर पूर्वमा बोको हरामसँग र अन्य सशस्त्र विरोधी समूहसँग लडेर प्राय समय खर्चनु परेको थियो। अहिले पनि त्यहाँ नागरिक र सेनामाथि आक्रमण हुने गरेको छ। त्यो स्वाभाविक पनि हो। किनकि त्यहाँ राज्य पक्षबाट विद्रोहीले धेरै भागमा आफ्नो पकड राखेका थिए।

बुहारीले चिनियाँ सहयोग पनि लिएका छन्। उनले नयाँ सडक बनाउने, रेल यातायातको नयाँ परियोजना लागू गर्ने र लाओसमा नयाँ बन्दरगाह निर्माण गर्ने नीति लिएका थिए। चीनसँगको सहकार्यमा दक्षिण पूर्वमा ठूलो पुल बनाउने तथा ऊर्जा क्षेत्रमा नयाँ फड्को मार्ने योजना र सपना बाँडिएको थियो।

देशको अन्य भागमा हिंसात्मक घटना हुन थालेपछि पूर्वमा शान्ति कायम गरेको उपलब्धि छायामा पर्न थालेको छ। यसले राष्ट्रपतिलाई थप असफल साबित गरेको छ। आदिवासी फुलानी जातीका किसान र गोठालाकै बिचमा पनि द्वन्द्व चलेको थियो। आदिवासी समूहमा देखिएको यो विवाद समाधान गर्न बुहारी एकदमै सक्रिय थिए।

अमेरिकी सेनाको सहयोग पाएको नाइजेरियाली सेनाले उत्तर पूर्वमा बोको हरामसँग र अन्य सशस्त्र विरोधी समूहसँग लडेर प्राय समय खर्चनु परेको थियो

त्यसलाई साम्य पार्न राज्य पक्षले ठूलो सावधानी अपनाएको थियो। बुहारी पनि उत्तर पश्चिम घर भएका फुलानी जातीकै भएका कारण उनी पूर्वाग्रही भएर निर्णय भएको आरोप लगाइएको छ। उनको प्रस्तावलाई दक्षिणका केही शक्तिले उचालेका कारण गोठाला पक्षले नमान्ने सम्भावना पनि छ। किसान र गोठालाको बीचमा यो विवाद बढ्दै गएर अहिले थुप्रै सैन्य समूह गठन भएका छन्। यिनीहरूको मोटरसाइकलमा चढेर गाउँगाउँमा डकैती गर्न थालेका छन्। उत्तर पश्चिम र केन्द्रीय भूभागमा यो समस्या बढेको छ।

यो डकैती समूहको प्रभाव अहिले प्रभाव देशव्यापी रूपमा बढ्दो छ। यिनीहरूको अपहरणको काममा पनि त्यत्तिकै सक्रियताकारसाथ लागेका छ। यो अपहरणको क्रम बढेपछि व्यापारी असुरक्षित हुन थालेका छन्।

बुहारीले शासन सत्ता लिएपछि केही तेल व्यापारीको अपहरण भएको थियो। पछिल्लो समय अपहरणकारीको निसाना बदलिएको छ। उनीहरूको निसाना त ससाना स्कुले बालक भएका छन्। डिसेम्बर २०२० देखि सेप्टेम्बर २०२१ सम्मका हजारौं बच्चाको अपहरण भएको छ।

संयुक्त राष्ट्र संघले नै दिएको जानकारी अनुसार चिबोकको एउटा विद्यालयबाट २ सय ७० जना बालिकाको अपहरण भएको थियो। यो घटना सन् २०१४ को हो। जसका कारण बुहारीले निर्वाचनमा जोनाथनलाई हराएर सत्ता सिन भएका थिए। त्यसै घटनाका कारण जोनाथन प्रति नाइजेरियाली जनताको विश्वास टुटेको थियो। यसैगरी अपहरण बढेकै कारण बुहारी प्रतिको विश्वास पनि टुट्दो छ।

बुहारीले शासन सत्ता लिएपछि केही तेल व्यापारीको अपहरण भएको थियो। पछिल्लो समय अपहरणकारीको निसाना बदलिएको छ। उनीहरूको निसाना त ससाना स्कुले बालक भएका छन्।

त्यस गाउँको एक किसान उनको सैन्य पृष्ठ भूमिका कारण सुशासन कायम गराउने र अपराधरहित समाजको निर्माण गर्न सहज हुने विश्वास बुहारी प्रति भएको बताउँछन्। अहिले उनको त्यो विश्वास टुटी सकेको छ। राष्ट्रपति बुहारीकै गाउँ काटसिनाका ती किसान अहिले आफ्नो जग्गा अन्यले हडपेपछि कतै सरेका छन्। उनी आफ्नै देशका शरणार्थीको जीवन बिताइ रहेका छन्। पृथकतावादी नेता एनाम्दी कानुनलाई सही ढङ्गले नियन्त्रणमा लिन नखोज्दा यो समस्या आएको पनि बताइन्छ।

वियफ्राका आदिवासी समुदायका कानु लामो समयदेखि भिन्न राज्यको माग गर्दै वितण्डा मच्चाइ रहेका छन्। चमकदार व्यक्तित्व उनको प्रस्तुतिमा आकर्षण छ। रेडियो र अन्य सञ्चार माध्यममा उनको प्रस्तुति हेरेर नै धेरै जनापछि लाग्ने सम्भावना रहेको छ।

सन् २०१५ मा बुहारी सत्ताले कानुलाई गिरफ्तार गर्नु अगाडि वियफ्रा समुदाय एकदमै हेपिएको थियो। सुरुवाती दिनमा उनको घरमा नै धेरै पटक राज्यको सेनाले सर्च गर्ने र दुःख दिने काम गरेको थियो। अहिले त्यो समूहको शक्ति एकदमै धेरै फराकिलो बनेको छ। बुहारीकै क्षेत्रमा पनि राज्यको सेना असफल हुनुलाई धेरै आश्चर्यको विषय ठानेका छन्।

राष्ट्रपति बुहारीकै गाउँ काटसिनाका ती किसान अहिले आफ्नो जग्गा अन्यले हडपेपछि कतै सरेका छन्। उनी आफ्नै देशका शरणार्थीको जीवन बिताइ रहेका छन्।

तेल व्यापारीले धरै स्थानमा राखेको तेल चोरी भएका थिए। तेल उत्पादनमा कमी आउन थालेको थियो। सन् २०२२ मा त नाइजेरियामा ३० वर्ष यताकै कम तेल उत्पादन भएको हो। गत अक्टोबरमा त तेल चोरीका लागि एक किलोमिटर लामो पाइपलाइनै तयारी भएपछि सबै जना आश्चर्यमा परेका छन्। यसलाई राज्यका अधिकारीको सहयोग विना सम्भव नै नहुने जनाइएको छ।

आन्ध्र महासागरमा चार किलोमिटर लामो पाइप लाइनको तयारी पनि तेल चोरले गरेका छन्। नाइजेरियाका पेट्रोलियम पदार्थ मन्त्रीको जिम्मेवारी पनि बुहारीले नै लिएका छन्। यस क्षेत्रमा असफल भएपछि उनको बदनाम अझ धेरै बढेको छ।

देशमा अनेकौँ स्वास्थ्य समस्या छन्। बुहारी कार्यकालमा यसमा कुनै सुधार नभएको आरोप छ। उनी आफू भने स्वास्थ्योपचारका लागि भन्दै बारम्बार बेलायत भ्रमण गरेका छन्। उनको यो भ्रमणका कारण पनि धेरै जनामा आक्रोश थपिएको छ। पारदर्शीताको अभावका कारण कर छली बढेको छ। आर्थिक कारोबार घट्न थालेको छ। प्रशासनमा भ्रस्टाचार बढ्दो छ।

देशमा अनेकौँ स्वास्थ्य समस्या छन्। बुहारी कार्यकालमा यसमा कुनै सुधार नभएको आरोप छ। उनी आफू भने स्वास्थ्योपचारका लागि भन्दै बारम्बार बेलायत भ्रमण गरेका छन्।

नाइजेरियाको आर्थिक अवस्था एकदमै बिग्रिएको अवस्थामा उनका घरका सदस्य विदेशमा बस्न थालेका छन्। विज्ञकै मतमा त्यहाँ बढेको भ्रष्टाचारमा सैन्य विद्रोह एउटा कारण हो। त्यो भन्दा बढी बुहारीको असक्षमता नै हो।

अहिले नाइजेरिया शिक्षित बेरोजगारको देश पनि बनेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। यसले त्यहाँको जनजीवनमा थप संकट उत्पन्न गराएको छ। मुद्रास्फीति कारण निम्न वर्गीय मात्र होइन, मध्यम वर्गीयलाई पनि जीविका चलाउन धौधौ हुन थालेको छ। विदेशी ऋण बढ्दो छ। तथापि ऋण तिर्ने बाटो देखिएको छैन। बुहारीको कार्यकाल सायद नाइजेरियाको इतिहासमा कालो दिनको रूपमा रही रहने छ। स्रोत: बीबीसी

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ८ : १३ बजे

चारसय ‘पोस्ट ग्राजुएट’ विद्यार्थी कोटा थप्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौं-  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले प्रतिष्ठान अन्तर्गतका सरकारी मेडिकल

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

लेबनानको बेरुतमा इजरायली आक्रमण जारी

काठमाडौं– इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिण क्षेत्रका कयौँ भागमा हवाई

प्रि ओपन सेसनमा ३ अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१

आज फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि