समृद्ध राष्ट्र बनाउनका लागि समाज समृद्ध हुन आवश्यक  « Khabarhub

समृद्ध राष्ट्र बनाउनका लागि समाज समृद्ध हुन आवश्यक 


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य जीवन परियारले मुलुक समृद्ध बनाउन समाजमा भएका सबै वर्ग र समुदायको हकहित कार्यान्वयन आवश्यक रहेको बताएका छन् ।   

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा नेता परियारले मानिसले बाँच्न पाउने कुरा सबैभन्दा ठूलो भएको उल्लेख गर्दै त्यसका लागि सबैले आर्थिक तथा सामाजिक क्रान्ति गरी मुलुकको समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिए ।

‘सबैले मिलेर मुलुकको आर्थिक क्रान्ति गर्नेमा ध्यान दिनुपर्छ’, उनले भने , ‘स्वास्थ्य, शिक्षा, रोजगार र सामाजिक सुरक्षाजस्ता आधारभूत कुराको ग्यारेन्टी गर्नुपर्छ ।’ कृषिमा आश्रितको हातमा जमिन नभएको उल्लेख गर्दै सांसद परियारले त्यस विषयमा राज्यले ध्यान दिनुपर्ने र नेपाली नागरिकलाई ‘एक घर, एक धारा’को योजना बनाई स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने बताए ।

विदेश जानेलाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने र पोखरालाई पर्यटकीय राजधानीका रुपमा व्यवहारमै कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो । 

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  २ : ११ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज