'नीति तथा कार्यक्रमले आर्थिक सुधारको योजना ल्याउन सकेन' | Khabarhub Khabarhub

‘नीति तथा कार्यक्रमले आर्थिक सुधारको योजना ल्याउन सकेन’


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमले वर्तमान आर्थिक संकटको योजना ल्याउन नसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आज उनले नीति तथा कार्यक्रममा सरकारले देशलाई कुन बाटोबाट अगाडि लैजाँदैछ भन्ने मार्गचित्र हुनुपर्ने बताए । अहिले देशको अवस्था सामान्य नरहेको र देशले आर्थिक संकट भोगिरहेको अवस्थामा नीति तथा कार्यक्रममा यसको कसरी सामना गर्ने भन्ने समाधानका उपाय हुनुपर्ने सांसद लिङ्देनले उल्लेख गरे ।

नीति कार्यक्रममा समस्या पहिचान र प्राथमिकता प्रष्ट छुट्याउन नसकेको उल्लेख गर्दै सांसद लिङ्देनले कतिपय विषयमा विरोधाभाष रहेको बताए । रोजगारमूलक उद्योग खोल्ने, बिजुली सहुलियतमा दिने, दलले शेयर नखोज्ने, युनियनबाजी नहुनेजस्ता ग्यारेन्टी गर्नसके उद्योग सञ्चालन गर्नेलाई प्रोत्साहन मिल्ने उनको भनाइ थियो ।

पर्यटनको पूर्वीय दर्शनको उद्गमथलो नेपाल भएको र बुद्ध तथा हिन्दुत्वको सरकारी तवरबाटै विकास गर्नुपर्ने सुझाव दिँदै सांसद लिङ्देनले पर्यटनको कुरालाई जोड्दा धार्मिक पर्यटनलाई बिर्सनु नहुनेमा जोड दिए ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नीति तथा कार्यक्रममा सरकारले भनेजस्तै आर्थिक समस्या समाधानका उपाय उल्लेख छन कि छैनन् भन्ने सोचनीय विषय भएको बताए । विप्रेषणमा भरपरेको अर्थतन्त्र पछिसम्मका लागि दिगो नहुने जिकिर गर्दै उनले जनताले समृद्धि र विकास खोजिरहेकाले सबै पार्टी भ्रष्टाचारविरुद्धको अभियानमा एकमत हुनुपर्नेमा जोड दिए । 

राष्ट्रसेवक कर्मचारीले आफ्नो जिम्मेवारीअनुसारको काम गर्नुपर्ने र राजनीति गर्नु छ भने राजिनामा गरेर आउन उनले सुझाव दिए ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  २ : ५१ बजे

इजरायली आक्रमणमा मारिए १४ इरानी वैज्ञानिक, आणविक कार्यक्रमलाई धक्का !

तेलअभिभ – इजरायलले इरानका कम्तीमा १४ जना परमाणु वैज्ञानिकको हत्या

दाङको शान्तिनगर गाउँपालिकाले विद्युत महसुल तिरिदिने

दाङ– दाङको शान्तिनगर गाउँपालिकाले पालिकाबासीको विद्युत् महसुल तिरिदिने भएको छ

क्लब विश्वकप : म्युनिखलाई हराउँदै बेनफिका दोस्रो चरणमा

काठमाडौं – बेनफिकाले वायरन म्युनिखलाई १-० ले हराउँदै फिफा क्लब

एक सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती

तनहुँ– तनहुँको भिमाद नगरपालिका– ९ को भानुमति जौपानीको एक सय

‘समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्न मिल्दैन’

काठमाडौं– समाजवादी प्रेस सङ्गठन नेपालले समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा