एक करोडभन्दा बढीमा ठेक्का लगाइयो बागवानीको आँप « Khabarhub

एक करोडभन्दा बढीमा ठेक्का लगाइयो बागवानीको आँप


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाही लालबन्दी नगरपालिका–१ स्थित नवलपुरको उष्ण प्रदेशीय बागवानी केन्द्रले यसवर्ष एक करोड ११ लाख ६० हजारमा आँप ठेक्का लगाएको छ ।

केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले यसवर्ष विगतको तुलनामा धेरै आँप फलेकाले सबैभन्दा बढी रकममा आँप ठेक्का लागेको बताए । करिब तीन सय बिघा क्षेत्रफलमा फैलिएको बागवानी केन्द्रमा छ हजार आँप र छ सय २१ लिचीका बोट छन् । यहाँ ३५ जातका आँप र आठ जातका लिचीका बोट छन् ।

बगैँचामा भारतमा पाइने बम्बई, मालदह, दसहरी, अम्रपालि, कलकतिया, निलम, मलिका, सुकतारा, सिपिया, कृष्णभोग र जर्दा जातका आँप छन् भने पाकिस्तानमा पाइने अमनदसहरी, फजिली, अनबरतौल, नुरजाहाअबेहयात जातका आँपका बोट छन् । साथै थाइल्याण्डमा पाइने डकमाइ र अमेरिकामा पाइने हेडेन तथा केन्ट जातका आँप पनि छन् भने अर्लीलार्ज रेड, शाही, मुज्फरपुर, सिडलेस, मैक्लिन, बम्बई, कलकतियाचाइन गरी आठ प्रजातिका लिचीका बोट छन् ।

यस वर्षका लागि लिची १२ लाख १८ हजारमा ठेक्का लगाइसकेको केन्द्रका निमित्त प्रमुख यादवले बताए । “केन्द्रमा यसवर्ष विगतका तुलनामा आँप धेरै फले पनि लिची भने कम फलेको तर लिचीमा पनि विगतको तुलनामा बढी रकममा ठेक्का लागेको छ”, उनले भने । 

यसवर्ष आँपमा औषधि तथा विषादी छर्कनका लागि करिब २४ लाख खर्च गरी आधुनिक मेसिनसमेत खरिद गरेर ल्याइएको केन्द्रले जनाएको छ । जमिनबाट ६० फिट उचाइसम्म सजिलै विषादी छर्न सकिने यो मेसिन नेपालमै पहिलो पटक प्रयोग भइरहेको केन्द्र प्रमुख यादवले बताए । 

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ४ : १२ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र