राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सिर्जना गर्ने काम भयो : ओली  | Khabarhub Khabarhub

राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सिर्जना गर्ने काम भयो : ओली 


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका लागि राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सिर्जना गर्ने काम भएको बताएका छन् ।

नेपाल मुस्लिम इत्तेहाद संगठनद्वारा सोमबार ललितपुरमा आयोजित इद मिलन तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री हुँदा पारदर्शिताका साथ देश विकासको भिजनका साथ अघि बढ्दा जनतालाई भ्रममा पार्ने सचेत हुन नदिने काम भएको बताएका हुन् । 

उनले नेपालमा अहिले कसैको मान मर्यादा हुन थाले बदनाम गर्ने प्रवृत्ति देखापरेको जिकिर गरेका छन् । ओलीले एमाले सरकारले पाँच सात दशकमा हुन नसकेको विकास गरेर देखाएको दावी गरे ।

योजना समयमा नै पुरा गर्ने र असाधारण विकासको गति ल्याँउदा पनि धर नपाएको उनको भनाइ छ ।
ओलीले अहिले राष्ट्रिय सद्भावसहितको एकताका लागि पहल गर्नुपर्ने बताए  । 

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ६ : ४८ बजे

पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेनन् : सीईओ जोशी

काठमाडौं– नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले

प्रस्ताव नै नमागी ३६१ करोड कर्जा प्रवाह, ब्याज र हर्जनाको हिसाबै छैन

काठमाडौँ – दशक लामो सशस्त्र सङ्घर्ष त्यागेर मूलधारको राजनीतिमा प्रवेश

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन विधेयकको मस्यौदामा परामर्श माग

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य

विपद् व्यवस्थापनसम्बन्धी उपकरणको संयुक्त डेमो प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगर प्रहरी बल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल

जनप्रशासन क्याम्पसबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं– काठमाडौंबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी