राष्ट्र बैंकद्वारा चार वटा बैंक तथा वित्तीय संस्था कारबाहीमा « Khabarhub

राष्ट्र बैंकद्वारा चार वटा बैंक तथा वित्तीय संस्था कारबाहीमा


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । बैंकअन्तर्गतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद जरिवाना गरिएको जनाएको छ ।

केन्द्रीय बैंकले नियम विपरीत काम गरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्सलाई कम्पनीलाई कारबाहीस्वरूप नगद जरिवाना गरेको हो ।

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई पाँचौँ पटक र सालपा विकास बैंकलाई प्रथम पटक कारबाही गरिएको छ । 

 यस्तै, अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) कायम नगरेको भन्दै नारायणी डेभपलपेन्ट बैंकलाई पहिलो, दोस्रो र तेस्रो पटक कारबाही गरिएको छ । राष्ट्र बैंकका अनुसार कर्पोरेट डेभलपमेन्ट बैंकलाई एक लाख ९६ हजार २६५.३०, सालपा विकास बैंकलाई रु एक लाख १० हजार ६६२.२६, नारायणी डेभलपमेन्ट बैंकलाई रु दुई लाख ५१ हजार ३२४.७३सप्तकोशी डेभलपमेन्ट बैंकलाई रु १९ लाख ३६ हजार ६३५.५७ नगद जरिवाना गरेको हो ।

यस्तै, नारायणी डेभलपमेन्ट बैंकलाई पहिलो पटक रु तीन हजार ९४८.५३, दोस्रो पटक रु ६३ हजार ७८२.७८ र तेस्रो पटक रु एक एक लाख आठ हजार ७७०.२१ जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तैगरि चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा मल्टिपर्पस फाइनान्सलाई अनिवार्य नगद मौज्दात अनुपात नपुर्‍याएको भन्दै दुई हजार ७०१.०३ जरिवाना गरिएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ७ : ०० बजे

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले