अन्तरिक्ष स्टेशनमा पुगिन् पहिलो अरबी महिला « Khabarhub

अन्तरिक्ष स्टेशनमा पुगिन् पहिलो अरबी महिला


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

रियाद – पहिलो महिला अरबी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुगेकी छन्।

एक्जिओम स्पेसको दोस्रो निजी मिसनमा जाने दुई साउदीहरू मध्ये रेयानाह बर्नावी पहिलो महिला अरबी अन्तरिक्ष यात्री हुन्।

जसले आइतबार अमेरिकाबाट स्पेसएक्स फाल्कन रकेटबाट उडान भरेको थियो। जो १० दिन उनी अन्तरिक्षमा रहने छिन्।

यस अवधिमा ३४ वर्षीया बायोमेडिकल वैज्ञानिकले स्टेम सेल र स्तन क्यान्सरको अनुसन्धान गर्ने योजना बनाएकी छन्। उनको यो यात्राले मध्य पूर्वका महिलाहरूलाई प्रेरित गर्ने आशा गर्छिन्।

आईएसएसमा पुग्नुअघि अन्तरिक्षमा खिचिएको भिडियोमा उनले भनिन्, ‘विश्वभरका मानिसहरूका लागि, भविष्य धेरै उज्ज्वल छ। म चाहन्छु कि तपाईं ठूला सपनाहरू हेर्नुहोस्, आफूमा विश्वास गर्नुहोस् र मानवतामा विश्वास गर्नुहोस्।’

बर्नावी एक्सियोम मिशन– २ मा साथी साउदी मिसन विशेषज्ञ अली अल्कार्नीसहित पुगेकी हुन्। जो अन्तरिक्षमा जाने खाडी राज्यका दोस्रो पुरुष अन्तरिक्ष यात्री पनि हुन्। उनीहरुको टोलीमा दुई अमेरिकी कमाण्डर पेगी ह्वाइटसन र पाइलट जोन शफनरसँग सामेल रहेका छन्।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १० : ११ बजे

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ

टिकटकसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न ‘कन्टेन्ट क्रिएशन’ कार्यशाला सञ्चालन

काठमाडौं– टिकटकले पर्यटन बोर्डसँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर,

महामन्त्रीमा विपिनलाई अगाडि बढाउन गणेश, प्रमोद र कविन्द्रले हात उठाए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजनना नेताहरू महामन्त्रीको दौडबाट हटेका छन्।