अहिलेको नीति तथा कार्यक्रम विगतको भन्दा उत्कृष्ट | Khabarhub Khabarhub

अहिलेको नीति तथा कार्यक्रम विगतको भन्दा उत्कृष्ट


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले सरकारले आगामी आर्थिक वर्षका लागि विगतको भन्दा राम्रो नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद शर्माले देश र जनताका समस्या सम्बोधन गर्ने प्रयास नीति तथा कार्यक्रममा समेटिएको बताए । 

‘नीति कार्यक्रममा कमजोरी छैनन् म भन्दिन, तर विगत छ वर्षयताको सबैभन्दा उत्कृष्ट छ’, उनले भने, ‘सबैको भविष्य यसको कार्यान्वयनसँग जोडिएको छ, नीति तथा कार्यक्रम राम्रै आउने तर कार्यान्वयन नहुने हाम्रो नियति रहेको छ, तर यसपटक कार्यान्वयन हुने ढंगबाट नीति तथा कार्यक्रम आएको छ ।’

नीति तथा कार्यक्रमले मुख्यतः मुलुकका तीन वटा क्षेत्रमा देखिएको समस्या समाधानको प्रयत्न गरेको सांसद शर्माको भनाइ छ । ‘नीति तथा कार्यक्रमले अहिलेको राजनीतिक, आर्थिक तथा सांस्कृतिक अराजकताको समस्या समाधान गर्ने र राष्ट्रलाई नयाँ ढंगले अगाडि बढाउने संकल्पका साथ आएको छ’, उनले भने ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १ : ५२ बजे

विशेषमा वरिष्ठ अधिवक्ता पन्तले भने- माधव नेपाललाई थुनामा पठाएर मुद्दा अघि बढाऊँ

काठमाडौं- काभ्रेपलाञ्चोकको साँगास्थित पतञ्जलि योग पीठको जग्गा बिक्री प्रकरणमा पूर्वप्रधानमन्त्री

रसुवास्थित नदी, खोला किनारका बासिन्दालाई सचेत रहन अनुरोध

रसुवा– चिनियाँ भूभाग तिब्बततर्फ भारी वर्षा भइरहेकाले रसुवास्थित नदी तथा

ओलीले एमालेलाई तिरे सदस्य शुल्क र लेबीको तीन लाख तीन सय

ललितपुर- प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई आतंकवादी संगठन घोषणा

जेरुसेलम– इजरायलका रक्षामन्त्री इजरायल काट्जले बुधबार इरानको केन्द्रीय बैंकलाई ‘आतंकवादी