जनता, विकास र परिवर्तनको पक्षमा बजेट आओस् : सांसद रायमाझी « Khabarhub

जनता, विकास र परिवर्तनको पक्षमा बजेट आओस् : सांसद रायमाझी


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभामा संसदीय दलका नेता रमेशजंग रायमाझीले प्राथमिकता प्राप्त आयोजनालाई पर्याप्त बजेट विनियोजन गरिनुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले निर्धारित समयमै आयोजना सम्पन्न हुने गरी बजेट निर्माण गरिनुपर्नेमा जोड दिए । 

‘१० करोड लाग्ने आयोजना छ, तर बजेट एक करोड मात्र छुट्ट्याइएको छ, न योजना सफल हुन्छ, न कार्यान्वयन हुन्छ’, रायमाझीले भने, ‘नीति कार्यक्रमअनुसार बजेट ल्याइनुपर्छ, जनताको पक्षमा, विकास र परिवर्तनको पक्षमा बजेट आओस् ।’

सत्तामा बस्नेले ल्याएको नीति कार्यक्रमलाई प्रतिपक्षीले आलोचना मात्रै गर्ने र सत्तामा रहनेले समर्थन मात्रै गर्ने गरिएकोतर्फ असन्तुष्टि व्यक्त गर्दै उनले प्रतिपक्षीले उठाएका राम्रा विषयलाई सरकारकाले ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  २ : ५६ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ