'नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पैसा कहाँ छ ?' | Khabarhub Khabarhub

‘नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पैसा कहाँ छ ?’


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद लीलानाथ श्रेष्ठले सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेटको स्रोत कहाँ छ भन्दै प्रश्न गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद श्रेष्ठले राजस्व संकलनभन्दा खर्च बढी भएको भन्दै नीति तथा कार्यक्रम कार्यान्वयन सम्भव नहुने जिकिर गरे । 

‘सरकारले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमअनुसार अंक उल्लेख गरी बजेट प्रस्तुत गर्न सक्छ रु यसका लागि सरकारसँग पैसा कहाँ छ ?’, उनले प्रश्न भने।

सांसद शेरबहादुर कुवँरले नीति तथा कार्यक्रमको समर्थन गर्दै विश्वासको वातावरणबाट पुँजी निर्माणको कार्यक्रम सफल बनाउनुपर्नेमा जोड दिए । सांसद रणेन्द्र बरालीले सरकारको नीति तथा कार्यक्रम फिर्ता लिने नजिर नभएको भन्दै कार्यान्वयनका लागि शुभकामना व्यक्त गरे । 

सांसद रेखा यादवले नीति तथा कार्यक्रममा आवश्यकताका आधारमा कार्यक्रम दोहोरिएको बताइन् । सांसद हृदयराम थानीले नीति तथा कार्यक्रममा राम्रा विषय समेटेको भन्दै विरोधको औचित्य नभएको बताए । 

सांसद आरजु देउवाले सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाउँदै आगामी आवको बजेटमा महिलाको आर्थिक सबलिकरणमा जोड दिनुपर्ने बताइन् । उनले नीति तथा कार्यक्रममा आमा सुरक्षा कार्यक्रम नछुटाउन सुझाव राखिन्।  

सांसद अनिशा नेपालीले नीति तथा कार्यक्रममा पुरानै कुरा उल्लेख गरिएको भन्दै समेटिएका विषय पनि कार्यान्वयनमा चुनौतीपूर्ण देखिएको बताइन् । 

सांसद हरि ढकालले सरकार नीति तथा कार्यक्रममा चुकेको बताए । उनले नीति तथा कार्यक्रम तय गर्दा सबैको सुझाव नसमेटिएको भन्दै गुनासो गरे । ‘सरकारले रचनात्मक सुझाव लिन इच्छुक देखिएन र युवा सांसदहरूको भावना बुझ्ने प्रयास गरिएन ।’

सांसद अच्युतप्रसाद मैनालीले तराई-मधेस समृद्धिका विषय सरकारको नीति तथा कार्यक्रमले समेट्न नसकेको बताए ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ४ : ३८ बजे

सांसद शर्माका केएमसी र नोबेलसहित ५ मेडिकल कलेजले दिएनन् सरकारी सरह निर्वाह भत्ता 

काठमाडौं– निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूलाई सरकारी आठौँ तह

विशेषमा वरिष्ठ अधिवक्ता पन्तले भने- माधव नेपाललाई थुनामा पठाएर मुद्दा अघि बढाऊँ

काठमाडौं- काभ्रेपलाञ्चोकको साँगास्थित पतञ्जलि योग पीठको जग्गा बिक्री प्रकरणमा पूर्वप्रधानमन्त्री

रसुवास्थित नदी, खोला किनारका बासिन्दालाई सचेत रहन अनुरोध

रसुवा– चिनियाँ भूभाग तिब्बततर्फ भारी वर्षा भइरहेकाले रसुवास्थित नदी तथा

ओलीले एमालेलाई तिरे सदस्य शुल्क र लेबीको तीन लाख तीन सय

ललितपुर- प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा