‘ओभर द मुन’ को फस्टलुक सार्वजनिक « Khabarhub

‘ओभर द मुन’ को फस्टलुक सार्वजनिक


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युबी मिडिया इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सर्ट फिल्म ‘ओभर द मुन’को फस्टलुक सार्वजनिक भएको छ । अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापाको निर्देशन रहेको फिल्मको पोस्टरमा प्रमुख दुई पात्र समीप निरौला र उमेश खड्कालाई प्रस्तुत गरिएको छ ।

फिल्ममा शुभेच्क्षा थापा, समीप निरौला, उमेश खड्का, बिम्ली सुशीला निरौला, रश्मी भट्ट, भगवान भण्डारी, सुरेश पुडासैनी, सहारा खड्का क्षेत्री, चन्द्र गुरुङ, रोशनी न्यौपाने, मन महर्जन, रेखा केसी, निकिशा श्रेष्ठ, भरत जिम्बा, गौरव हमाल, बिस्वल न्यौपाने, आकांक्षा गुरुङ र गोपाल ढुंगानाको अभिनय छ । फिल्ममा बाल कलाकारद्वय रक्षा दाहाल र रोहन भट्टराईको पनि अभिनय छ ।

निर्देशक थापाले फिल्मले समलिंगीसँग सम्बन्धित कथा देखाउने बताइन् । ‘समाजमा केटाकेटा र केटीकेटीले बिहे गर्न या माया गर्न चाहेमा समाज र घर परिवारबाट कसरी अपहेलित हुनुपर्छ । छोराछोरीको इच्छालाई समर्थन नगरे केसम्म हुन्न सक्छ भन्ने कुरा फिल्ममा समेटिएको छ’, उनले भनिन् ।

फिल्ममा उमेश खड्काको कथा र गीत, उत्तमजंग लिम्बु रहेको छ, प्रज्जवल कार्कीको स्वर, शंकर जी विश्वकर्माको कोरियोग्राफी,बिनोद लामा खुपेन्द्र  ढुंगेलको छायांकन, सुदर्शन खत्रीको सहायक निर्देशन, चन्द्र गुरुङको मेकअप, दिनेश चौधरीको कष्ट्युम, उज्जवल खड्काको प्रोडक्सन छ ।

उमेश खड्काको लगानी रहेको फिल्ममा सुरेश पुडासैनी सल्लाहकार छन् । फिल्मको डिजिटल राइट्स युबी मिडिया इन्टरटेनमेन्टसँग छ ।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ५ : १९ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री