असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय « Khabarhub

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल सरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधारमानी अबदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले संविधानको मौलिक हकको मर्मअनुसार आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षा दिलाउनु राज्यको दायित्व भएको सन्दर्भमा त्यससम्बन्धी विधेयक प्रमाणीकरण भएको मितिमा राष्ट्रिय शिक्षा दिवस मनाउन उपयुक्त हुने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको बताए।

सङ्घीय संसद्को दुवै सदनबाट पारित सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ असोज २ गते प्रमाणीकरण गरेका थिए । विसं २०३१ देखि ‘शिक्षाको उज्यालो घामबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ सुरु भएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८) कै दिन मनाउन थालिएकामा २०७६ सालदेखि दुई दिवसलाई अलगअलगरुपमा मनाउने निर्णय भए पनि राष्ट्रिय दिवसको मिति निर्धारण हुन सकेको थिएन ।

राष्ट्रिय दिवसको नयाँ मिति निर्धारणको निर्णय मन्त्रिपरिषद्बाट प्राप्त भएपछि विभिन्न विश्वविद्यालयबाट विद्यावारिधी उपाधि प्राप्त गर्ने र स्नाताकोत्तर, स्नातक तहमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार, राष्ट्रिय र प्रादेशिकरुपमा उत्कृष्ट विद्यालयलाई शिल्ड, ध्वजा र नगद पुरस्कार तथा शिक्षासेवी पुरस्कार दिनेलगायत कार्यक्रमको तयारीमा मन्त्रालय लाग्ने प्रवक्ता शर्माले जानकारी दिए।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ९ : १७ बजे

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी

दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार

बागमती – हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व