नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज शपथ लिँदै « Khabarhub

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज शपथ लिँदै


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका थप दुई मन्त्रीको शपथ आज हुने भएको छ।

मंगलबार वन तथा वातावरण मन्त्री बनेका वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीको शपथग्रहण आज हुने भएको हो ।

राष्ट्रपति कार्यालयले बिहान ९:५० मा शपथग्रहणको कार्यक्रम तय भएको जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउने कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कामु प्रधानन्यायाधीशलगायतका विशिष्ट व्यक्तिको उपस्थिति रहनेछ ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँग मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। पछिल्लो पटकसहित प्रधानमन्त्री प्रचण्डले ६ महिनामा ११औँ पटक मन्त्रीपरिषद् विस्तार गरेका हुन्।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ७ : २४ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको