राष्ट्र र जनताको हित हुने गरि काम गर्छु : नवनियुक्त मन्त्री महतो « Khabarhub

राष्ट्र र जनताको हित हुने गरि काम गर्छु : नवनियुक्त मन्त्री महतो


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतोले राष्ट्र र जनताको हित हुने गरि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

बुधबार शीतल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री महतोले भ्रष्टाचारमा शून्य सहनशीलताका साथ देश र जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले अहिलेको आर्थिक संकटमा नेपालको जडिबुटी लगायतलाई प्रोत्साहन गरेर निर्यात गर्ने गर्दै विदेशी मुद्रा आर्जन गर्नुपर्ने बताए ।

त्यस्तै वर्षौँदेखि कुहिएर रहेको काठलाई प्रयोग गर्न सहजीकरण गरेर स्वदेशमा खपत गरि विदेशमा समेत निर्यात गर्ने योजना बनाउने उनले बताए ।

मन्त्री महतोले वातावरणमा असर पार्ने उद्योगहरूलाई निगरानी गरेर वातावरणलाई असर नपार्ने गरि सञ्चालनका लागि पनि आफूले पहल गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  २ : २९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब