काठको आयात रोकी निर्यात गर्न सकिन्छ : मन्त्री महतो | Khabarhub Khabarhub

काठको आयात रोकी निर्यात गर्न सकिन्छ : मन्त्री महतो


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वन तथा वातावरणमन्त्री डा विरेन्द्रप्रसाद महतोले वन तथा वातावरण मन्त्रालय ठूलो सम्भावना भएको मन्त्रालय रहेकाले यस अन्तर्गतका स्रोतसाधनको परिचालन गरी मुलुकको आर्थिक समृद्धि र रोजगारीमा योगदान दिन सकिने बताएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्दै उनले अहिले जंगलमा कुहिएर रहेका काठको उपयोग गरी विदेशी काठ आयात रोक्न र निर्यातको समेत सम्भावना रहेको उल्लेख गरे । 

उनले भने, ‘यसमा देखिएका कानुनी जटिलतालाई सहजीकरण गर्न मन्त्रालय तयार छ, जडीबुटीको पनि मुलुकमा ठूलो सम्भावना छ । त्यसको परिचालन र उपयोग गरी रोजगारी र विदेशी मुद्रा आर्जन गर्न सकिन्छ, त्यसतर्फ काम गर्नुपर्छ ।’

नेपालको जलविद्युत् परियोजनाको क्षेत्रमा देखिएका वातावरणीय जटिलतालाई सहजीकरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री महतोले वातावरणीय भविष्यलाई पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । उनलाई मन्त्रालयमा सचिव डा रेवतीरमण पौडेल र मन्त्रालयका कर्मचारीले स्वागत अभिवादन गर्नुभएको थियो । 

जनता समाजवादी पार्टी नेपालका तर्फबाट उहाँ मन्त्रिमण्डलमा सामेल भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले आजै पद तथा गोपनीयताको शपथ लिएका थिए ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  २ : ५७ बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक