प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम सहमतिका साथ कार्यान्वयन गरिनुपर्ने  « Khabarhub

प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम सहमतिका साथ कार्यान्वयन गरिनुपर्ने 


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिका साथ कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनीहरूले सरकारले सबै क्षेत्रलाई समेटेर जनतामुखी कार्यक्रम ल्याएको हुँदा यसलाई प्रभावकारी कार्यान्वयन लैजानुपर्छ भने ।

छलफलमा भाग लिँदै सांसद सूर्यमान दोङले नीति तथा कार्यक्रममार्फत सरकारले जनमुखी र यथार्थपरक कार्यक्रम ल्याएको  हुँदा यसलाई राष्ट्रिय सहमतिका साथ पारित  गरेर कार्यान्वयनमा लैजानुपर्छ भने । सांसद शंकर भण्डारीले मुलुक अप्ठ्यारो अवस्थामा रहेकाले पुनः एक पटक राष्ट्रिय सहमति, सहकार्य र सद्भावका साथ अघि बढ्नुपर्ने खाँचो औँल्याए।

सांसद मंगलप्रसाद गुप्ताले कृषि उत्पादन प्रवर्द्धन र किसानलाई प्रोत्साहित गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए । सांसद हितबहादुर तामाङले अहिलेको नीति तथा कार्यक्रम सबैले गौरव गर्न लायक रहेको जनाउँदै समर्थन जनाए ।

सांसद ईश्वरीदेवी न्यौपाने जनताको आवश्यकतालाई प्राथमिकता दिएर देशको आर्थिक समृद्धिलाई अघि बढाउनेगरि नीति तथा कार्यक्रम आएको जनाउँदै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइन् ।

सांसद सुनिता बरालले जटिल रुपमा रहेको अर्थतन्त्रलाई सुधार गरी हालको आवश्यकतालाई ध्यान दिएर नीति तथा कार्यक्रम अघि बढाइनुपर्नेमा जोड दिइन्। सांसद लेखनाथ दाहालले नीति तथा कार्यक्रम सरल व्यवहारिक र वस्तुवादी रहेको जनाउँदै अहिले उठाइएको विषयलाई आगामी बजेटमा समावेश हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ४ : २६ बजे

जेन-जीलाई सिंहदरबार प्रवेशमा रोक (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन आएका

कफिनमै जीवित भेटिइन् थाइ महिला

बैंकक– दाहसंस्कारका लागि ल्याइएकी एक थाइ महिला अचानक कफिनभित्र हलचल

नेकपा प्रवेश गर्नेलाई प्रचण्ड-माधवले गरे स्वागत (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघमा

सवारी दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते

चितवन– ग्यास बुलेटको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ

गगनलाई कल्याणको जवाफ : विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन, तीन हुँदैन

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले महामन्त्री गगनकुमार थापालाई