व्यापार घाटा न्यूनीकरण गर्न इमान्दारिता आवश्यक « Khabarhub

व्यापार घाटा न्यूनीकरण गर्न इमान्दारिता आवश्यक


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले व्यापार घाटा न्यूनीकरण गर्न आआफ्नो क्षेत्रबाट इमान्दारिताका साथ भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित व्यापार घाटा न्यूनीकरण कार्ययोजना र नेपाल व्यापार एकीकृत रणनीतिको कार्यान्वयनसम्बन्धी बैठकमा उनले सो कुरा व्यक्त गरेका हुन् । 

नेपालमा नीति बन्ने तर कार्यान्वयनमा कम जाने तथा कार्यान्वयनमा लगिएका नीतिले पनि वाञ्छित नतिजा हासिल गर्न नसकेको भनी आलोचना हुने गरेको जनाउँदै मन्त्री रिजालले व्यापार घाटा न्यूनीकरणमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।  

“नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयन खाकाबमोजिम आवश्यक साधन स्रोतको व्यवस्था गरी लक्षित क्रियाकलाप सञ्चालन गर्ने, निर्धारित सूचक प्राप्त गर्ने र सोको माध्यमबाट उल्लेख्यमात्रामा निर्यात व्यापार प्रवर्द्धन, व्यापार घाटा न्यूनीकरण तथा विदेशी मुद्रा प्राप्तिको वर्तमान अवस्था सुधार गर्न सफलता प्राप्त हुनेछ”, मन्त्री रिजालले भने । 

नेपालले विगत केही वर्षदेखि सामना गरिरहेको बढ्दो व्यापार घाटालाई सम्बोधन गर्न २०७९ चैत २८ गतेको मन्त्रिपरिषद् बैठकबाट व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना स्वीकृत भएको थियो । गत वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल व्यापार एकीकृत रणनीति, २०८० स्वीकृत गरेको थियो ।

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  ६ : ५९ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा