बाख्मत शहर कब्जा गर्दा २० हजार रुसी सैनिक मारिए  « Khabarhub

बाख्मत शहर कब्जा गर्दा २० हजार रुसी सैनिक मारिए 


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

मस्को – रुस–युक्रेन युद्धमा रुसको निजी सैनिकका २० हजार सेना मारिएको खुल्न आएको छ।

रुसको तर्फवाट युक्रेनमा युद्ध लड्दै आएको रुसी निजी सैनिक समूह बाख्मत शहर कब्जा गर्ने क्रममा  भएको लडाइँमा २० हजार सैनिक मारिएका हुन्।

वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा आफ्ना समूहका २० हजार सैनिक जवानलाई गुमाउनु परेको बताए पछि सो रहस्य खुल्न आएको हो। प्रिगोजिनले क्रेमलिन समर्थक रणनीतिकार कन्स्टान्टिन डोल्गोभसँगको अन्तर्वार्तामार्फत उनले यो खुलासा गरेका हुन्।

पश्चिमा देशहरुको सहयोगमा सुरु गर्ने ठानिएको युक्रेनको जवाफी कारबाही अनुसार रुसी सेनालाई दक्षिणी र पूर्वी युक्रेनसँगै क्राइमियाबाट समेत भगाउने उद्धेश्यसहित उनीहरु तयार रहेको सुचना आएकोसमेत उनले जनाएका छन्। जसकाकारण रुसले पनि पश्चिमा सहयोगमा हुन सक्ने युक्रेनी आक्रमणको प्रतिकारका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहनु पर्ने उनको सुझावसमेत सार्वजनिक भएको छ।

मस्कोले भने बाख्मत शहर कब्जा गर्ने प्रयाससमा आफ्ना ६ हजार सैनिक मात्रै मारिएको दाबी गरिरहेको बेला निजी सेनाका प्रमुखले भने उसको दाबी भन्दा १४ हजार भन्दा बढी सैनिक मारिएको जनाएको हो।

निजी सैनिक समूह वागनरमा कम तालिमप्राप्त लडाकुहरु धेरै भएकाले यति धेरै मात्रामा क्षति भएको अनुमान युद्ध विश्लेषकहरूले गरेका छन्।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ९ : ०९ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने