भेरी अस्पतालमा सेवा स्तरोन्नति « Khabarhub

भेरी अस्पतालमा सेवा स्तरोन्नति


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज – बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ। अहिलेसम्म १५ शय्या रहेकामा अब आकस्मिक सेवामा ३० शय्या पुर्याइएको छ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बद्री चापागाईँका अनुसार शय्या थपेपछि बिरामीलाई राहत पुगेको छ। बिरामीले ‘आइसोलेसन’सहितको सुविधा पाउने छन्। एक्सरे, प्रयोगशाला, शौचालयलगायत अन्य सुविधा पनि बिरामीलाई उपलब्ध हुने उनले जानकारी दिएका छन्। करिब रु ३४ करोडको लागतमा निर्माण हुन लागेको नयाँ भवन असार मसान्तसम्म पूरा भएपछि अस्पतालमा शय्याको क्षमता बढाएर तीन सय पुर्याइने डा चापागाईँको भनाइ छ।

आकस्मिक कक्षमा बिरामीको अवस्थाअनुसार रातो, पहेँलो र हरियो गरी शय्या तथा स्थान वर्गीकरण गरिएको छ। बिरामीको मृत्यु भइहालेमा शव व्यवस्थापन गर्न ब्ल्याक रुमको व्यवस्था गरिएको छ। सरकारको सङ्घीय योजना कार्यान्वयन एकाइबाट भवन निर्माणको काम भइरहेको छ। यसअघि शय्या अभावका कारण बिरामीले आकस्मिक कक्षमा सास्ती भोग्दै आएका थिए।

भेरी अस्पताल विकास समितिका पदाधिकारीको समेत बिदाइ गरिएको छ। अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्य सरस्वती मल्ल, कृष्णप्रसाद श्रेष्ठ र धनराम ओलीको बिदाइ गरिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले कदरपत्रसहित सम्मान गर्दै समितिका पदाधिकारीलाई बिदाइ गरेका हुन्।

अस्पताल विकास समितिका पदाधिकारीलाई २०७७ जेठ १३ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन वर्षका लागि नियुक्त गरेको थियो। भेरी अस्पताललाई विशिष्टिकृत अस्पताल भनिए पनि जनशक्तिको अभाव रहेको भन्दै मन्त्रालयको ध्यानाकर्षणसमेत गराइएको छ। अस्पतालमा एक हजार तीन सय ७६ कर्मचारी आवश्यक रहेको बताइएको छ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  १० : ०० बजे

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन

बाढीले चीनको केरूङतर्फ पनि ठूलो क्षति, दर्जनौँ मानिस बेपत्ता

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट चीनतर्फ पनि ठूलो