रुकुम पश्चिम जिप दुर्घटना : पाँच जनाको अवस्था गम्भीर « Khabarhub

रुकुम पश्चिम जिप दुर्घटना : पाँच जनाको अवस्था गम्भीर


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

रुकुम – रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज भएको जिप दुर्घटनामा परेर पाँचजना गम्भीर घाइते भएका छन्।

प्रहरी निरीक्षक एवम सूचना अधिकारी विष्णु श्रेष्ठका अनुसार गम्भीर घाइते पाँचै जनालाई उपचारका लागि केहीबेर अघि हेलिकोप्टरमा बाँकेको नेपालगन्ज लगिएको छ। अन्य घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइएको छ। जिपमा १५ जना सवार थिए।

सानीभेरी गाउँपालिका–५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु१ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो। जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ११ : ४२ बजे

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ सुरु हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई