प्रिमियर लिगमा चेल्सीको १६औं हार « Khabarhub

प्रिमियर लिगमा चेल्सीको १६औं हार


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर युनाइटेडले जीत हासिल गरेको छ।

युनाइटेडले घरेलु मैदानमा चेल्सीलाई ४–१ को अन्तरले पराजित गरेको हो। प्रिमियर लिगमा चेल्सीको यो १६औं हार हो।

ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलको सुरुवाती छैटौं मिनेटमा क्यासमिरोले सुरुवाती गोल गरेर म्यानचेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्ज्युरी समयमा मार्सियालले थप गोल गरे पछि उसको अग्रता दोब्बर हुन पुग्यो।

पहिलो हाफमा २–० ले अघि बढेको म्यानचेस्टरले ७३औं मिनेटमा पेनाल्टी पायो। ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत सानदार गोल गरे पछि म्यानचेस्टर ३–० को फराकिलो अन्तरसहित अघि बढने मौका पायो।

त्यसको केही मिनेट पछि नै अर्थात ७८औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडले ४–० को फराकिलो जीतको दावेदारी प्रस्तुत गरे पनि ८९औं मिनेटमा चेल्सीका जोआओ फेलिक्सले गोल फर्काए पछि खेल ४–१मा रहन पुग्यो। तर, त्यसपछि दुवै पक्षवाट कुनै गोल हुन नसके पछि म्यानचेस्टर ४–१ को फराकिलो अन्तरसहित बिजयी हुन सफल भयो।

यस जितसँगै म्यानचेस्टरले ३७ खेलबाट ७२ अंक जुटाएको छ भने चेल्सी समान ३७ खेलबाट ४३ अंक जोडेर १२औं स्थानमा रहेको छ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ७ : ५६ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब