एपीएफको विपद् प्रतिकार्य कृतिम अभ्यास « Khabarhub

एपीएफको विपद् प्रतिकार्य कृतिम अभ्यास


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरी बल, नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु काठमाडौँले आज कीर्तिपुर नगरपालिका–६ स्थित टौ दहमा विपद् प्रतिकार्य कृतिम अभ्यास आयोजना गरेको छ ।

मनसुनको सुरुआतसँगै घट्न सक्ने बाढीपहिरो, डुबान एवं विपद्का घटनामा चुस्तदुरुस्त रुपमा परिचालन गर्नका लागि पूर्वतयारी स्वरुप विपद् प्रतिकार्य कृत्रिम अभ्यास गरिएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं १८ निलबराही गण बलम्बु र नं २० विपद् उद्धार गण सिनामङ्गलको सहकार्यमा उपलब्ध खोज तथा उद्धारका स्रोतसाधनको अधिकतम प्रयोग गरी जिल्ला एवं प्रदेशस्थित विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकाय तथा अन्य सुरक्षा निकायहरुलाई सहभागी गराइ बाहिनीस्तरिय कृत्रिम अभ्यास गरिएको हो ।

अभ्यास अवलोकनमा पुग्नुभएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले कुनै पनि विपद्को अवस्थामा उद्धारकर्ताले सामना गर्नुपर्ने परिदृष्यको वास्तविकताको झल्को दिने कृतिम अभ्यासले विपद् प्रतिकार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले सशस्त्र प्रहरी बल, नेपाललाई राज्य प्रदत्त विभिन्न कार्यदेशमध्ये विपद् व्यवस्थापन एउटा महत्वपूर्ण कार्यादेश भएको उल्लेख गर्दै यस प्रकारका कार्यादेश सम्पन्न गर्न सीप तथा क्षमतायुक्त दक्ष जनशक्ति आवश्यक रहेको बताए ।

कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको पूर्वतयारीको कृतिम अभ्यासले विपद् प्रतिकार्यमा परिचालन हुँदा विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापासहित उपत्यकास्थित सशस्त्र प्रहरी बल, नेपालका गणका गणपति तथा गुल्मपति, नेपाली सेना र नेपाल प्रहरीका अधिकृत, जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधिलगायत अन्य सरोकारवाला निकाय तथा सङ्घ संस्थाहरुका प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ९ : ३६ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र