अन्तर्राष्ट्रियस्तरमा आरएमबीको प्रयोग बढाउने प्रयासमा चीन « Khabarhub

अन्तर्राष्ट्रियस्तरमा आरएमबीको प्रयोग बढाउने प्रयासमा चीन


१२ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले आफ्नो मुद्रा चिनियाँ राष्ट्रिय मुद्रा रेन्मिन्बी अर्थात् आरएमबीको प्रयोग अन्तर्राष्ट्रियस्तरमा बढाउन मरमग्दुर प्रयास गरिरहेको छ । यद्यपि अमेरिकी डलरलाई टक्कर दिने गरी चीनले अघि बढाएको आफ्नो मुद्राको अन्तरराष्ट्रिय कारोबार तत्काल साकार हुने देखिदैन ।

अन्तर्राष्ट्रियमुद्रा बनेको अमेरिकी डलर र बेलायतबाहेकका युरोपेली मुलुकमा प्रचलनमा रहेको युरोसँग प्रतिस्पर्धामा रहेको चिनियाँ युआन केही देशमा लेनदेनको मुद्रा बने पनि त्यसलाई सहजै स्वीकार गर्ने वातावरण बनेको छैन तरपनि चीनले यसलाई अन्तर्राष्ट्रियकरण गर्न वित्तीय प्रणालीमा निरन्तर दबाब दिइरहेको छ ।

संयुक्त राज्य अमेरिकाले भूराजनीतिक उपकरणका रूपमा आफ्नो मुद्राबाट लाभ उठाउन हदैसम्मको प्रयास गरिरहँदा चीनले आफ्नो प्रभावशाली अन्तरराष्ट्रिय भूमिका प्राप्तिका निम्ति निरन्तर सङ्घर्ष गर्नु असामान्य होइन ।

दोस्रो विश्वयुद्धपछि विकसित भएको विश्वव्यापी वित्तीय संरचनामा अमेरिकाको अनौठो भूमिकाले चीनको आरएमबी अन्तरराष्ट्रियकरणको प्रयासमा गएको हो । सन् १९४५ देखि अमेरिकी डलरले सङ्घीय रिजर्भ प्रणाली अर्थात् अमेरिकाको केन्द्रीय बैंकिङ प्रणालीमा यसको विश्वव्यापी उपलब्धतालाई नियन्त्रण गर्दै विश्व मुद्राको रूपमा काम गर्दै आएको छ ।

वित्तीय सङ्कटको समयमा विश्वव्यापी आर्थिक पुनरुत्थान गर्न पनि डलरको महत्वपूर्ण स्थान रहेको छ । विश्व मुद्रा बजारमा डलरका कारण अमेरिका विशेषाधिकार प्राप्त देश बनेको छ । साथै अमेरिकाको तथाकथित यो विशेषधिकारको आलोचना पनि हुने गरेको छ ।

सन् १९७० को दशकको उत्तरार्धमा देङ स्याओपिङले सुधार युगको सुरुवात गरेपछि चीनको आर्थिक वृद्धिले चिनियाँ राष्ट्रिय मुद्राको अन्तरराष्ट्रिय प्रयोगलाई प्रवर्द्धन गर्ने अभियान थालेको हो ।

आरएमबीको अन्तर्राष्ट्रियकरण एक दशकभन्दा लामो समयदेखि चिनियाँ मौद्रिक नीतिको मुख्य उद्देश्य बनेको छ । यसले विश्वव्यापी वित्तीय कारोबारहरूमा आरएमबीको प्रयोगलाई प्रवर्द्धन गर्न खोजेको छ । यसको मुख्य उद्देश्य अमेरिकामा आधारित अधिकांश वित्तीय संस्थाहरूमा आफ्नो निर्भरता घटाउनु हो ।

बेइजिङले गैरपश्चिमा साझेदारहरूसँग उच्चमूल्यका कारोबारमा आरएमबीको प्रयोगलाई अधिक महत्व दिएको छ । पछिल्लो समयमा रुस र खाडी मुलुकबाट आरएमबीमा ऊर्जा आयात गरेको छ ।

आफ्नो मुद्राको अन्तरराष्ट्रियकरण हुँदा बहुध्रुवीय विश्वमा चीन पनि अमेरिकाभन्दा कम छैन भन्ने सन्देश प्रवाह हुने चीनको ठम्म्याइ छ । चीनको विश्वव्यापी राजनीतिक एवम् आर्थिक भूमिका अमेरिकाकै हाराहारीमा पुगेको ठानिए पनि तत्काल उसको राष्ट्रिय मुद्रा विश्वभर क्रयविक्रयको उपकरण हुने कुनै आधार देखिदैन ।

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा आरएमबीलाई स्थापित गर्न चीनलाई वर्षौैं लाग्ने यथार्थ निर्विवाद छ किनभने अमेरिकी डलरको प्रभुत्वलाई चुनौती दिन युरो जोनमा लागू भएको एकल मुद्रा युरो अन्तरराष्ट्रिय व्यापार साझेदारहरूमाझ अझै लोकप्रिय बन्न सकेको छैन । डलरले प्रमुख विश्वव्यापी मुद्राको रूपमा आफ्नो भूमिकालाई कायमै राखेको छ ।

प्रकाशित मिति : १२ जेठ २०८०, शुक्रबार  ९ : ५८ बजे

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

न्युयोर्क– परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक