नेपाल र इजिप्टबीच पर्यटनब बहस, आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल « Khabarhub

नेपाल र इजिप्टबीच पर्यटनब बहस, आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल र इजिप्टबीच द्विपक्षीय पर्यटन विकासका लागि आवश्यक सहयोग गर्न सरकार कटिबद्ध रहेको बताएका छन्।

नेपाल र इजिप्टबीच पर्यटन क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले दुवै देशका ट्राभल र टुर अपरेटरबीचको छलफल कार्यक्रममा उनले पर्यटन क्षेत्र मुलुकको विकासको प्राथमिकता प्राप्त क्षेत्र भएकाले विकास र विस्तारका लागि सरकार तयार रहेको उल्लेख गरेका हुन्।

इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपाल र इजिप्ट सांस्कृतिक र प्राकृतिक वैभवले सुशोभित प्राचीन सभ्यतावाहक मुलुक भएका कारण दुई देशबीच पर्यटन क्षेत्रको साझेदारीका लागि प्रशस्त सम्भावना रहेको सुनाए।

उनले पर्यटन विकासका लागि निजी क्षेत्रको अहम् भूमिका रहने भएकाले दुवै देशका ट्राभल र टुर अपरेटरबीच निरन्तर संवाद तथा सहकार्यका लागि मञ्च उपलब्ध होस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको जनाए।

इजिप्ट पर्यटन प्राधिकरणका महाप्रबन्धक अहमद अलिले नेपाली ट्राभल एजेन्सीलाई जानकारीमूलक भ्रमण (फ्याम ट्रिप) मा स्वागत गर्न प्राधिकरण इच्छुक रहेको बताए। नेपाल पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक सुनिल शर्मा र नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेन्टसका महासचिव कुमारमणि थपलियाले नेपालको पर्यटकीय सम्पदा र नेपाल–इजिप्ट पर्यटन सम्भावनाका बेग्लाबेग्लै प्रस्तुति गरे। कार्यक्रममा नेपाल र इजिप्टका २० भन्दाबढी ट्राभल टुर कम्पनीका प्रतिनिधिको सहभागिता थियो।

यसअघि इजिप्टमा आयोजना भएका नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रममा इजिप्सियन नागरिकको उल्लेखनीय सहभागिता रहँदै आएको छ। केही समयअघि एक विश्वविद्यालयमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा नेपालको परम्परागत कला, संस्कृति तथा प्राकृतिक विविधताबारे जिज्ञासा राख्दै प्रदर्शनमा रहेका विभिन्न वस्तु अभिरुचिपूर्वक अवलोकन गरेका थिए। विशेषगरी खुकुरी र सिङ्गिङ बाउलप्रति धेरै इजिप्सियन युवा आकर्षित हुने गरेको पाइएको छ।

खुकुरीको इतिहास एवं प्रयोगबारे जानकारी लिने एवं सिङ्गिङ बाउलको अवलोकन तथा प्रयोगात्मक अभ्यास गरी नेपालको आध्यात्मिक सम्पदासँग साक्षात्कार गर्न धेरै सहभागी इच्छुक रहने गरेको त्यहाँस्थित दूतावासले जनाएको छ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  १० : ०२ बजे

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

तम्घास–रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ

एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री गौतमको आह्वान

काठमाडौँ– ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका

तोरीले पहेँलपुर चितवन (तस्बिरहरू)

काठमाडौं– खाद्य तथा नगदेबाली उत्पादनका दृष्टिकोणले नेपालका तराई क्षेत्र प्रमुख

शुक्लाफाँटाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन