जलहरी प्रकरणबारे बोल्ने सांसद दाहालको अभिव्यक्ति संसद् रेकर्डबाट हटाइने « Khabarhub

जलहरी प्रकरणबारे बोल्ने सांसद दाहालको अभिव्यक्ति संसद् रेकर्डबाट हटाइने


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बोलेको पशुपतिनाथको जलहरी प्रकरणको विषयलाई संसदको रेकर्डबाट हटाइने भएको छ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुसहित प्रमुख सचेतकहरुबीचको बैठकमा सांसद दाहालको अभिव्यक्ति संसद् रेकर्डबाट हटाउने सहमति भएको हो।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अध्यक्ष ओली नेतृत्वको सरकारको पालामा पशुपतिनाथको जलहरी प्रकरणमा भ्रष्टाचार भएको आरोप लागेपछि शुक्रवारको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ओलीमाथिको आरोप निराधार रहेको कुरा सम्बोधनका क्रममा उल्लेख गर्ने र जलहरी निर्माणको प्रक्रियामा सुनको भनेर पित्तलको हाल्ने काम भयो भन्ने आरोप संसदको रेकर्डबाट हटाउने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बताएका छन्। यससँगै अब संसद सुचारु हुने उनले जानकारी दिए ।

सांसद दाहालले उठाएको स्वास्थ्य उपकरणमा दुई अर्बको भ्रष्टाचार भएको विषय पनि संसदको रेकर्डबाट हटाउने सहमति भएको बताइएको छ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  १२ : १४ बजे

‘मृत्युका लागि तयार छु’ भन्दै भावुक बने लकी अली, यात्रामा कफन समेत बोकेर हिँड्ने खुलासा

काठमाडौं- भारतीय संगीतप्रेमीमाझ आफ्नो फरक पहिचान बनाएका गायक तथा अभिनेता

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा