प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : देउवा « Khabarhub

प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : देउवा


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले प्रजातन्त्रलाई बलियो बनाउनका लागि सबै लाग्नुपर्ने बताएका हुन् । प्रजातन्त्रलाई बलियो बनाउन प्रेस युनियनले खेलेको भूमिका सराहनीय रहेको उनको भनाइ थियो ।

‘प्रजातन्त्रको विकल्प भनेकै प्रजातन्त्र हो, प्रजातन्त्रको खिलापमा केही शक्ति लागेका छन्, यसप्रति सबै सजग हुनुपर्छ’, सभापति देउवाले भने । लोकतन्त्रमा प्रेसले गर्ने आलोचनालाई सहन सक्ने क्षमता राख्नुपर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले लोकतन्त्र र प्रेस एक सिक्काका दुई पाटा भएको बताए । ‘प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको अस्तित्व रहँदैन, लोकतन्त्र रक्षाका लागि कांग्रेस लाग्नुपर्छ’, उनले भने। पत्रकार महासङ्घको निर्वाचन र नेपाल प्रेस युनियनको निर्वाचनमा पार्टीका नेताको आड लाग्ने प्रवृत्तिको अन्त्य गर्नु जरुरी रहेको विश्वकर्माले बताए । प्रेस युनियनमा व्यावसायिक क्षेत्रलाई प्राथमिकता दिन उनले सुझाव दिए । 

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले लोकतन्त्रलाई बलियो बनाउनका लागि कांग्रेसभित्र उत्साह थप्नुपर्ने बताए। ‘नौ महिनासम्म केन्द्रीय समितिको बैठक बस्न सकेको छैन, पार्टीभित्र विभाग गठन भएका छैनन्, यसका कारण पार्टी कमजोर बन्दै गएको छ’, उनले भने ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, पूर्वअध्यक्ष हरिहर विरही, तारानाथ दाहाल, नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेल, पूर्वउपाध्यक्ष दामोदरप्रसाद दवाडी, युनियनका संस्थापक नेता शोभाकर पराजुली, नेपाल प्रेस काउन्सिलका सदस्य रामप्रसाद दाहाललगायतले लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा श्रमजीवी पत्रकारले कलम चलाउनुपर्ने बताए । उनीहरूले सञ्चार क्षेत्र कमजोर भए लोकतन्त्र कमजोर हुने भएकाले लोकतन्त्रलाई बलियो बनाउन नेपाल प्रेस युनियन लाग्नुपर्नेमा जोड दिए । 

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रेस युनियनलाई शुद्धिकरण गर्दै संस्थागत ढंगले अगाडि बढाउनका लागि वर्तमान कार्यसमिति लागिपरेको बताए। उनले युनियनका अधिकांश प्रदेश र जिल्लाको अधिवेशन सम्पन्न भइसकेको उल्लेख गर्दै यसै महिनाभित्र बाँकी जिल्ला र प्रदेशको अधिवेशनसमेत सम्पन्न गरिसक्ने बताए ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  १२ : ५९ बजे

एआईजी दाहालले अति संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको