विस्फोटक उपकरणबाट एक बालकको मृत्यु, अर्का घाइते « Khabarhub

विस्फोटक उपकरणबाट एक बालकको मृत्यु, अर्का घाइते


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानको पूर्वी वर्दक प्रान्तमा विगतका युद्धबाट बाँकी रहेका विस्फोटक पदार्थ विस्फोट हुँदा एक बालकको ज्यान गएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सैद अबाद जिल्लाको शनिजदरा गाउँमा शुक्रबार बालबालिकाले खेलौना जस्तो यन्त्र फेला पारेको र त्यो खेलाउँदा विस्फोट भएको थियो । त्यसक्रममा एक बालकको घटनास्थलमै मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।’ यसरी द्वन्द्वग्रस्त मुलुकमा निर्दोष बालबालिकाको ज्यान गएको यो दोस्रो घटना हो ।

अघिल्लो यस्तै प्रकारको घटनामा मे २३ मा अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको थियो । सो घटनामा विगतका युद्धबाट बाँकी रहेको खानी बिस्फोट हुँदा एक बालकको मृत्यु भएको थियो र दुई जना घाइते भएका थिए ।

अफगानिस्तान विश्वव्यापीरूपमा सबैभन्दा धेरै धराप थापिएका देशमध्ये एक मानिएको छ । विगत चार दशकका विभिन्न किसिमका युद्ध र गृहयुद्धबाट बाँकी रहेका विस्फोटन नगरिएका हतियारको विस्फोटका कारण हरेक महिना जसो दर्जनौँ मानिस, प्रायः बालबालिका मारिने र अपाङ्ग हुने गरेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ५ : ३३ बजे

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका