हेटौँडामा मिटरब्याजविरुद्ध ६० वटा उजुरी « Khabarhub

हेटौँडामा मिटरब्याजविरुद्ध ६० वटा उजुरी


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा मिटरब्याजविरुद्ध ६० वटा उजुरी परेको छ। नेपाल सरकारले वैशाख १६ गतेदेखि मिटरब्याजविरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मिटरब्याज पीडितले उक्त सङ्ख्यामा उजुरी दिएका हुन्।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मकवानपुर जिल्लाअन्तर्गत हेटौँडा उपमहानगरपालिका पीडितबाट २६, मकवानपुरगढी गाउँपालिकाका पीडितबाट छ, भीमफेदीका पीडितबाट १२ , कैलाश गाउँपालिकाका पीडितबाट तीन, इन्द्रसरोवर गाउँपालिकाका पीडितबाट तीन एवं मकवानपुर जिल्लासँग सम्बन्धित रहेको मुद्दा काठमाडौँका दुई र ललितपुरका एक जनाको उजुरी रहेको छ।

मिटरब्याजको धन्दा सञ्चालन गर्ने समूहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट उजुरी परेको उनले जानकारी दिए। उजुरी दर्ता गर्ने समय जेठ १४ गते आइतबार (आज) सम्म रहेको र दर्ता अवधि सकेपछि दुवै पक्षलाई बोलाएर छलफल सुरु गरिने सो कार्यालयको मुद्दा दर्ता शाखाले जनाएको छ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ७ : ३८ बजे

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार

एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’

२८ वैशाख, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी मध्ये

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएकाे छ