भारत भ्रमणअघि आज प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री लगायतसँग छलफल गर्दै | Khabarhub Khabarhub

भारत भ्रमणअघि आज प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री लगायतसँग छलफल गर्दै


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामूहिक छलफल गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा दुई चरणमा सामूहिक छलफल हुनेछ।

पहिलो चरणमा दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेतालगायतसँग छलफल गर्नेछन्।

दोस्रो चरणमा कूटनीतिक परामर्शको तयारी गरिएको छ। दिउँसो ३ : ३० बजे पूर्व परराष्ट्रमन्त्रीहरु तय भारतका लागि पूर्व नेपाली राजदूतसँग छलफल हुनेछ।

प्रधानमन्त्री प्रचण्ड तीन दिने भ्रमणका लागि जेठ १७ गते भारत जाँदैछन्।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ९ : ०१ बजे

मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी– धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको

फिल्म ‘झरीपछिको इन्द्रेणी’को गीत ‘फसायो लमीले’ बालेनको युट्युब च्यानलबाट सार्वजनिक

काठमाडौं – अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशनमा बनको फिल्म ‘झरीपछिको

कञ्चनपुरको कृष्णपुरमा ‘कोल्डस्टोरेज’ निर्माण प्रक्रिया अगाडि बढाइँदै

कञ्चनपुर– कृष्णपुर नगरपालिकाका किसानलाई तरकारी तथा कृषिजन्य वस्तु भण्डारणमा सहजता

दरबारमार्गमा जलरङ माध्यममा नौलो प्रयोग

काठमाडौं– कला सिर्जनाका माध्यममध्ये महत्त्वपूर्ण र सुरुआती माध्यम जलरङ हो

दिनेशले सके फिल्म ‘कुमारी’को छायाङ्कन

काठमाडौं– निर्देशक दिनेश राउतले फिल्म ‘कुमारी’को छायाङ्कन सकेका छन् ।