कोशीको बजेट अधिवेशन सुरु हुँदै, प्रदेशसभा केन्द्रीत पहिचानवादीको आन्दोलन « Khabarhub

कोशीको बजेट अधिवेशन सुरु हुँदै, प्रदेशसभा केन्द्रीत पहिचानवादीको आन्दोलन


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेश सभाको बजेट अधिवेशन आज सुरु हुँदैछ । यो अधिवेशनको पहिलो बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

प्रदेशको नामाङ्कनपछि आज पहिलो पटक बस्न लागेको बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र सभामुखले सुनाएपछि केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पेस गर्ने कार्यसूची रहेको छ । यसैगरी प्रदेश सरकारले जारी गरेका २ वटा अध्यादेश टेवल गर्ने कार्यसूची पनि छ ।

प्रदेशको बजेट अधिवेशनलाई लक्षित गर्दै पहिचानवादीहरुले भने आज बिहानैदेखि प्रदेश सभा भवन अगाडि प्रदर्शनको तयारी गरेका छन् ।

गत फगुन १७ गते प्रदेशको नाम कोशी राखेको विरोधमा पुन: नामाङ्कन गर्न माग गर्दै पहिचान पक्षधरहरु संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका हुन्।

प्रदेशको नाम संशोधन गर्ने थलो प्रदेश सभा नै रहेकाले आजदेखि प्रदेश सभा केन्द्रित आन्दोलन सुरु गरेको आन्दोलनकारीको चेतावनी छ।

जिल्ला प्रशासन कार्यालयले भने पहिचानवादीको आन्दोलनलाई मत्थर बनाउन शनिबारदेखि नै विराटनगर क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ९ : ३३ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन