संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु « Khabarhub

संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल सुरु


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सुरु भएको छ। आज बसेको संघीय संसदको संयुक्त बैठकमा नियमावलीको उक्त मस्यौदामाथि छलफल सुरु भएको हो।

नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले आजको संयुक्त बैठकमा मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सदनमा गरियोस् भनि प्रस्ताव पेस गरेका छन्। उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएसँगै नियमावलीको मस्यौदा माथिको छलफल सुरु भएको हो।

सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा तयार पार्न समिति गठन गर्न प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल प्रस्तावक तथा ईश्वरीदेवी न्यौपाने र योगेशकुमार भट्टराई समर्थक रहेको मस्यौदा समिति गठन प्रस्ताव प्रतिनिधिसभाबाट जेठ १ गते पारित भएको थियो।

नियमावली मस्यौदा तयार पार्ने प्रयोजनका लागि प्रतिनिधि सभाबाट १६ जना सदस्य रहेका थिए। त्यस्तै, जेठ ५ गतेको राष्ट्रियसभाको बैठकले तीन जना सदस्य थपेर समितिलाई पूर्णता दिइएको थियो। सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०७५ लाई समयानुकूल परिमार्जन गरी मस्यौदा तयार पार्न मस्यौदा समितिलाई काम शुरु गरेको मितिले सात दिनको समय तोकिएको थियो।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ११ : ५८ बजे

भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह

बाजुरा – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार भ्रष्टाचार

मेचीनगरका ४६ जना किसानलाई कृषि औजार

मेचीनगर- मेचीनगर नगरपालिकाले ४६ जना किसानलाई रु १४ लाख बराबरका

शीतलहर र हिमपातबाट जोगाउन कसरी हुँदै छ पूर्वतयारी?

काठमाडौं- यसपालि कात्तिक दोस्रो हप्तामा देशका धेरै ठाउँमा वर्षा भयो।

लहानमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढ्दै

लहान- जिल्लाको लहान नगरपालिका–४ स्थित यज्ञभूमिमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया

मुस्ताङमा २६६ जना मतदाता थपिए

मुस्ताङ- सरकारले घोषणा गरेको आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका