रेशम चौधरीलाई रिहा गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस « Khabarhub

रेशम चौधरीलाई रिहा गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस


१४ जेष्ठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले रेशमलाल चौधरीको बाँकी सजाय मिनाहा गर्दै आममाफी दिने भएको छ।

आज बसेको मन्त्रीपरिषद् बैठकले पूर्वसांसद चौधरीको बाँकी सजाय मिनाहा गरेर जेलमुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

‘रेशमलाल चौधरी, जो अहिले कारागारमा हुनुहुन्छ, जसको अस्ति भर्खर उच्च अदालतको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको अवस्था छ, राष्ट्रपति कार्यालयले सोधेका केही विषयहरू सम्बोधन गरेर राष्ट्रपति कार्यालयमा बाकी सजाय मिनाहा गर्न सिफारिस गर्ने निर्णय गरेको छ,’ सरकारकी प्रवक्तासमेत रहेकी सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले भनिन्।

उनका अनुसार आजको मन्त्रीपरिषद् बैठकले यसरी सिफारिस गर्दा सरकारले कुनै कानुनी उलङ्घन गरिएको छैन। ‘हामीले विभिन्न कानुन व्यवसायसँग गरेको सल्लाह अनुसार कानुनतः ठिक छ भन्ने कुरा छ, अहिले हामीले यो निर्णय कानुन भन्दा बाहिर गएर गरेका छैनौँ’ उनले भनिन्।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  १२ : ५३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको