पाकिस्तानबाट भारतमा लागूऔषधको तस्करी बढ्दै, अमृतसरमा हेरोइन बोकेको ड्रोन खसालियो « Khabarhub

पाकिस्तानबाट भारतमा लागूऔषधको तस्करी बढ्दै, अमृतसरमा हेरोइन बोकेको ड्रोन खसालियो


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

अमृतसर- भारतीय सीमा सुरक्षा बलले पञ्जाब राज्यको अमृतसरनजिकै सीमा क्षेत्रमा लागूऔषध बोकेको चालकरहीत पकिस्तानी ड्रोन खसालेका छन् । सीमा सुरक्षा बलका जवानहरूले शनिबार राति अमृतसरनजिकैको धनोए खुर्द क्षेत्रमा लागूऔषध हेरोइन बोकेको पाकिस्तानी ड्रोन खसालेका हुन् ।

ड्रोनमा ३.४ किलो अवैध लागूऔषध हेरोइन रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यससँगै ड्रोनबाट खसेको हेरोइन लिन आएका एक जना तस्करलाई नियन्त्रणमा लिइएको छ ।

स्थानीय समयअनुसार शनिबार अबेर साढे ९ बजेतिर पाकिस्तानबाट उडेको ड्रोनको आवाज सुनेपछि सो क्षेत्रमा गस्ती गरिरहेका सुरक्षा बलका सुरक्षाकर्मीले हवाई फायर गरेका थिए ।

सुरक्षाकर्मीको हवाई फायरबाट उक्त ड्रोन नजिकैको खेतमा खसेको बताइएको छ । सोही खेतमा खोजतलास गर्ने क्रममा डीजेआई मेट्रिस आरटीके ३०० ड्रोन बरामद गरेका हुन् ।

बरामद गरिएको ड्रोनमा तीन वटा पोका पारिएका ३ किलो ४ सय ग्राम लागूऔषध हेरोइन रहेको सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भारतीय अखबार अमर उजालाको अनलाइन संस्करणले जनाएको छ।

पछिल्लो समय पाकिस्तानबाट ड्रोनमार्फत् भारततर्फ लागूऔषध तस्करी हुँदै आएको बताइन्छ ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  २ : ३६ बजे

अवैध लागूऔषधसहित मोरङ र सुनसरीबाट छ जना पक्राउ

काठमाडौं– मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन

वेस्ट ब्यांकबाट २० जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले सोमबार वेस्ट ब्यांकका विभिन्न

‘रमिताको पिरती’ भारतमा पनि रिलिज हुने

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’ भारतमा

‘टाइगर भर्सेस पठान’ स्थगित, शाहरुख–सलमानको पुनर्मिलन अनिश्चित

काठमाडौं– बलिउडका दुई सुपरस्टार शाहरुख खान र सलमान खान लाई

कला साहित्य डटकम प्रतिष्ठानद्वारा ‘राष्ट्रिय कलाश्री सम्मान’ प्रदान

काठमाडौं- नेपाली कला साहित्य डटकम प्रतिष्ठानले विभिन्न स्रष्टाहरूलाई राष्ट्रिय कलाश्री