पाकिस्तानबाट भारतमा लागूऔषधको तस्करी बढ्दै, अमृतसरमा हेरोइन बोकेको ड्रोन खसालियो | Khabarhub Khabarhub

पाकिस्तानबाट भारतमा लागूऔषधको तस्करी बढ्दै, अमृतसरमा हेरोइन बोकेको ड्रोन खसालियो


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

अमृतसर- भारतीय सीमा सुरक्षा बलले पञ्जाब राज्यको अमृतसरनजिकै सीमा क्षेत्रमा लागूऔषध बोकेको चालकरहीत पकिस्तानी ड्रोन खसालेका छन् । सीमा सुरक्षा बलका जवानहरूले शनिबार राति अमृतसरनजिकैको धनोए खुर्द क्षेत्रमा लागूऔषध हेरोइन बोकेको पाकिस्तानी ड्रोन खसालेका हुन् ।

ड्रोनमा ३.४ किलो अवैध लागूऔषध हेरोइन रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यससँगै ड्रोनबाट खसेको हेरोइन लिन आएका एक जना तस्करलाई नियन्त्रणमा लिइएको छ ।

स्थानीय समयअनुसार शनिबार अबेर साढे ९ बजेतिर पाकिस्तानबाट उडेको ड्रोनको आवाज सुनेपछि सो क्षेत्रमा गस्ती गरिरहेका सुरक्षा बलका सुरक्षाकर्मीले हवाई फायर गरेका थिए ।

सुरक्षाकर्मीको हवाई फायरबाट उक्त ड्रोन नजिकैको खेतमा खसेको बताइएको छ । सोही खेतमा खोजतलास गर्ने क्रममा डीजेआई मेट्रिस आरटीके ३०० ड्रोन बरामद गरेका हुन् ।

बरामद गरिएको ड्रोनमा तीन वटा पोका पारिएका ३ किलो ४ सय ग्राम लागूऔषध हेरोइन रहेको सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भारतीय अखबार अमर उजालाको अनलाइन संस्करणले जनाएको छ।

पछिल्लो समय पाकिस्तानबाट ड्रोनमार्फत् भारततर्फ लागूऔषध तस्करी हुँदै आएको बताइन्छ ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  २ : ३६ बजे

६१ किलो सुन तस्करी प्रकरण : अमलालाई सरकारी वकिलसमक्ष पेश गरियो

काठमाडौं–  ६१ किलो सुनकाण्डमा पक्राउ परेकी अमला रोकालाई सरकारी वकिलसमक्ष

सुर्खेतको चौकुनेमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत- सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ,

१६१ देशसँग व्यापार गर्दै नेपाल, १२४ मुलुकसँग घाटा

काठमाडौँ – नेपालले १६१ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको

‘राम नाम सत्य’मा सुनील थापा अनुबन्ध, निर्देशक भन्छन्- फरक अवतारमा उतार्छु

काठमाडौं – माइकल चन्दको निर्देशनमा बन्ने भनिएको फिल्म ‘राम नाम

संसद् कसैले अवरोध गर्नु हुँदैन, सहमतिबाटै समस्याको हल गर्न सकिन्छ : उपसभापति गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले कुनै