विश्वकप छनोटको नेपाली टोलीमा दुई नयाँ अनुहार, जेठ १८ गते अफ्रिका जाने « Khabarhub

विश्वकप छनोटको नेपाली टोलीमा दुई नयाँ अनुहार, जेठ १८ गते अफ्रिका जाने


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि १६ सदस्य टोली घोषणा गरेको छ।

क्यानका अनुसार रोहित पौडेलको नेतृत्वका १६ सदस्सीय टोलीले एकदिवसीय छनौट खेल्ने पक्का गरेको हो। नेपालले एसीसी प्रिमियर कपमा रहेका १४ खेलाडीलाई नै निरन्तरता दिएको क्यानले अर्जुन साउद र किशोर महतोले टोलीमा फर्काएको छ।

एक साताअघि बन्द प्रशिक्षणमा २२ सदस्य टोली राखेको भए पनि बन्द प्रशिक्षणमा रहेका देव खनाल, अभिनाश बोहरा, कमलसिंह ऐरी, सूर्य तामाङ, मौसम ढकाल र सन्दीप जोरालाई भने नयाँ टोलीमा समावेश गरेको छैन।

आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटको तयारीको लागि जेठ १८ गते अफ्रिका जानेछ, सोही क्रममा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग वार्मअप खेल खेल्नेछ। त्यहाँ १० दिन बिताएपछि नेपाल दक्षिण अफ्रिकाबाट जेठ २८ मा जिम्बावे जानेछ। लगत्तै भोलिपल्ट नेपालले जेठ ३० मा युएई र जेठ ३२ मा ओमानसँग वार्मअप खेल खेल्ने तयारीका साथ नेपालले क्रिकेट टोलीको घोषणा गरेको हो।

नेपाली टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल,  ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ७ : ५४ बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले