नयाँ भवन निर्माण नगरिने « Khabarhub

नयाँ भवन निर्माण नगरिने


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ भवन निर्माण नगरिने घोषणा गरेका छन् ।

आर्थिक बर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले सबैखाले प्रोत्साहन भत्ता खारेज गर्नेसमेत जनाएका छन् ।

‘स्रोतमा परेको चापलाई मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेको छु,’ अर्थमन्त्री महतले भने, ‘नयाँ सवारी साधन र फर्निचर तथा फर्निसिङ खरिद गरिने छैन । आगामी आर्थिक वर्षमा अत्यावश्यक बाहेक नयाँ भवन निर्माण गरिने छैन ।’

उनका अनुसार इन्धन, कार्यालयसम्बन्धी सामान लगायत प्रशासनिक खर्चमा मितव्ययिता कायम गरिनेछ । नेपाल सरकारबाट अनिवार्य रूपमा प्रतिनिधित्व गर्नुपर्ने बाहेक अन्य वैदेशिक भ्रमणलाई निरुत्साहित गरिनेछ ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ५ : ३४ बजे

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान, उत्कृष्ट माविलाई ५० लाखसम्म पुरस्कार

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको