नेपाल-भारत सीमा क्षेत्रमा विप्लव नेकपासँग वार्ता « Khabarhub

नेपाल-भारत सीमा क्षेत्रमा विप्लव नेकपासँग वार्ता


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राजनीतिक गतिबिधिमाथि प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँगको अनौपचारिक वार्तालाई निरन्तरता दिने भएको छ ।

विभिन्न समूहसँग वार्ता गर्न भन्दै सरकारले एकवर्ष अघि गठन गरेको वार्ता टोलीका संयोजक समेत रहेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले विप्लव नेतृत्वको नेकपाका नेताहरुसँग सोमबार नेपालगञ्जमा अनौपचारिक वार्ता गरेको स्रोतले जनाएको छ ।

नेपालगञ्जमा भयो भनिएको वार्ता नेपाली सीमा क्षेत्र भित्रै वा भारतमा भएको थियो भन्ने स्पष्ट खुलाइएको छैन । तर पहिलो चरणका रुपमा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यहरु सम्मिलित वार्ता टोलीसँत सामान्य छलफल भएको बताइएको छ ।

सोमबार नेपालगञ्ज आसपासमा सामान्य छलफल भएपनि मंगलबार र बुधबार दुईदिन बुटबल नजिकको सुनौली नाका आसपासको क्षेत्रमा विप्लव नेतृत्वको नेकपाका नेताहरुसँग अनौपचारिक कुराकानी हुने स्रोतले बताएको छ ।

सरकारका तर्फबाट वार्ता गर्ने जिम्मेवारी दिइएका पाण्डेले, ‘अनौपचारिक रुपमा विप्लवका नेताहरुसँग निरन्तर सम्पर्क भइरहेको तर वार्तामार्फत् कुनै पनि राजनीतिक घटनाक्रम विकसित भएको छैन । बिहिबारसम्म केही विषय बाहिर आउन सक्छ ।’

वार्ता प्रक्रियाको चर्चासँगै पाण्डे सोमबार नै काठमाडौँ उपत्यकाबाहिर निस्केका थिए । सोमबार नेपालगञ्ज पुगेका उनी मंगलबार पाल्पाको सराईमा आयोजित कार्यक्रममा पुगेर मंगलबा नै बुटबल झरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ५ : ५१ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ