नेपाल–भारत सम्बन्ध जीवन्त बनाउनुपर्छ : महासचिव पोखरेल « Khabarhub

नेपाल–भारत सम्बन्ध जीवन्त बनाउनुपर्छ : महासचिव पोखरेल


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भ्रमणमा नेपाल–भारत सम्बन्धलाई जीवन्त बनाउनुपर्ने बताएका छन् ।

एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटीले आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको ‘प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको राष्ट्रिय सरोकार’ विषयक छलफलमा उनले भारतसँग सम्बन्ध फराकिलो र समस्या पनि जटिल रहेको भन्दै समस्यामा केन्द्रित भएर छलफल गरेर सम्बन्धलाई जीवन्त बताए।

उनले नेपाली जनता असहज ठानेका सन्धिलाई पुनरावलोकन गर्नुपर्ने भन्दै भारतीय पक्षलाई नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदन बुझ्न दवाव सिर्जना गर्नुपर्ने भनाइ राखे । इपिजी प्रतिवेदन नेपाल र भारत सम्बन्धको नयाँ आधारपत्र रहेको भन्दै इपिजी बुझ्न जति ढिला हुन्छ, त्यति नै सम्बन्धमा असर पर्ने महासचिव पोखरेलको भनाइ थियो ।

“इपिजीको प्रतिवेदन बुझ्ने र कार्यान्वयन गर्ने प्रक्रियामा नेपालको जोड हुनुपर्दछ । इपिजी नेपाल हितको सर्वाधिक महत्व विषय हो । त्यसको आधारमा नयाँ सम्बन्ध बनाउने गर्नुपर्दछ”, उनले भने। जोसँग धेरै सम्बन्ध हुन्छ त्यहीसँग खटपट हुने गरेको उल्लेख गर्दै उनले खटपट धेरै भयो भने सम्बन्धलाई असर पार्ने तहमा पुग्ने हो कि भन्ने चिन्ता रहेको बताए ।

महासचिव पोखरेलले जल यातायात माध्यमबाट ट्रान्जिट रुट बनाउने कुरा नेपालको प्राथमिकता रहनुपर्ने बताए । “गङ्गा नदीमा जल यातायातको अध्ययन इलाहावादसम्म भएको मैले बुझेको छुु”, उनले भने, “कुनै विन्दुबाट नेपालका नदीमा जल यातायात गर्ने सम्भावना रहन्छ । त्यो विषयमा पनि सरकारको ध्यान जान जरुरी रहेको छ ।”

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ९ : ५६ बजे

सरकारका प्रवक्ता पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित

आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

काठमाडौँ– आज अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

परराष्ट्र सम्बन्धमा प्रयोग गरिएका शब्दप्रति प्रदीप ज्ञवालीको आपत्ति, ‘सावधानी अपनाउन सरकारलाई सुझाव’

काठमाडौँ – नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले

टुँडिखेलमा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

काठमाडौँ– आज अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।