नेपाल–भारत सम्बन्ध जीवन्त बनाउनुपर्छ : महासचिव पोखरेल | Khabarhub Khabarhub

नेपाल–भारत सम्बन्ध जीवन्त बनाउनुपर्छ : महासचिव पोखरेल


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भ्रमणमा नेपाल–भारत सम्बन्धलाई जीवन्त बनाउनुपर्ने बताएका छन् ।

एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटीले आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको ‘प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको राष्ट्रिय सरोकार’ विषयक छलफलमा उनले भारतसँग सम्बन्ध फराकिलो र समस्या पनि जटिल रहेको भन्दै समस्यामा केन्द्रित भएर छलफल गरेर सम्बन्धलाई जीवन्त बताए।

उनले नेपाली जनता असहज ठानेका सन्धिलाई पुनरावलोकन गर्नुपर्ने भन्दै भारतीय पक्षलाई नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदन बुझ्न दवाव सिर्जना गर्नुपर्ने भनाइ राखे । इपिजी प्रतिवेदन नेपाल र भारत सम्बन्धको नयाँ आधारपत्र रहेको भन्दै इपिजी बुझ्न जति ढिला हुन्छ, त्यति नै सम्बन्धमा असर पर्ने महासचिव पोखरेलको भनाइ थियो ।

“इपिजीको प्रतिवेदन बुझ्ने र कार्यान्वयन गर्ने प्रक्रियामा नेपालको जोड हुनुपर्दछ । इपिजी नेपाल हितको सर्वाधिक महत्व विषय हो । त्यसको आधारमा नयाँ सम्बन्ध बनाउने गर्नुपर्दछ”, उनले भने। जोसँग धेरै सम्बन्ध हुन्छ त्यहीसँग खटपट हुने गरेको उल्लेख गर्दै उनले खटपट धेरै भयो भने सम्बन्धलाई असर पार्ने तहमा पुग्ने हो कि भन्ने चिन्ता रहेको बताए ।

महासचिव पोखरेलले जल यातायात माध्यमबाट ट्रान्जिट रुट बनाउने कुरा नेपालको प्राथमिकता रहनुपर्ने बताए । “गङ्गा नदीमा जल यातायातको अध्ययन इलाहावादसम्म भएको मैले बुझेको छुु”, उनले भने, “कुनै विन्दुबाट नेपालका नदीमा जल यातायात गर्ने सम्भावना रहन्छ । त्यो विषयमा पनि सरकारको ध्यान जान जरुरी रहेको छ ।”

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ९ : ५६ बजे

रोजगारीका लागि प्रविधि प्रयोग गर्ने सीपयुक्त जनशक्ति तयार गर्नुपर्छ : श्रममन्त्री

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंहह भण्डारीले रोजगारीका लागि

बागमतीका अर्थमन्त्री भन्छन्- कृषि र पर्यटनको लगानीले प्रदेशमा रोजगारी बढाउँछ

काठमाडौं– बागमती प्रदेश सरकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा

हजारौँ दशनार्थीको सहभागितामा गहवामाई रथयात्रा

वीरगञ्ज– वीरगञ्जको प्रख्यात गहवामाईको तेस्रो रथयात्रा शुक्रबार मनाइएको छ । गहवा

‘भाइरल मेयर’कै स्थानीय तह बजेटविहीन !

काठमाडौँ – रौतहटको वृन्दावन नगरपालिकामा बेथिति बढेको र नगरप्रमुखले नागरिकको

धनुषामा आँप महोत्सव हुँदै, घुम्न आउने पर्यटकलाई निःशुल्क खुवाइने

महेन्द्रनगर– धनुषामा दुई दिने आँप महोत्सव आयोजना हुने भएको छ