राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेडको बनाउँछौं : मुख्यमन्त्री चौधरी « Khabarhub

राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेडको बनाउँछौं : मुख्यमन्त्री चौधरी


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई दुई सय शय्याको बनाउने बताएका छन्।

सोह्रौँ गणतन्त्र दिवसका अवसरमा आज अस्पतालका बिरामीलाई फलफूल वितरण कार्यक्रममा उनले ५० शय्याको मान्यता पाएको यस अस्पताललाई विस्तार गरिने बताए । “हामीले यो अस्पताललाई दुईसय शय्या बनाउँछौँ”, उनले भने, “त्यसपछि सेवा प्रभावकारी हुन्छ ।” लुम्बिनीमा दुई वटा प्रादेशिक अस्पताललाई अन्य अस्पतालको स्रोत केन्द्रका रुपमा विकास गर्नेसमेत मुख्यमन्त्री चौधरीले बताए।

कार्यक्रममा प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले स्वास्थ्य सेवालाई सामान्य नागरिकको पहुँचमा पुर्याउन आफूहरु प्रतिबद्ध रहेको बताए । प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रादेशिक अस्पताललाई दुई सय शय्याको बनाउनका लागि प्रक्रिया अघि बढेको बताए । त्यस अवसरमा अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले अस्पताललाई दुई सय शय्याको बनाउनका लागि ओएमएन सर्वे गरेर प्रदेश सरकारमा पठाएको भन्दै त्यसमा सुनुवाइ हुनपर्ने बताए ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  १० : १२ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर