खानाको ४२ लाख तिरे पछि नगरपालिकामा विवाद | Khabarhub Khabarhub

खानाको ४२ लाख तिरे पछि नगरपालिकामा विवाद


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – जाजरकोटको छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्च भन्दै ४२ लाख रुपैयाँ होटेललाई भुक्तानी दिएपछि विवाद भएको छ। जनप्रतिनिधिले खाना खाएको १२ लाख १३३ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको अर्को बिल लेखा शाखामा पुगेको छ।

जनप्रतिनिधिले भने निर्वाचित भएदेखि हालसम्म भएका दुईवटा नगरसभामा २ लाख ७० हजारको नास्ता र स्टेशनरीमा १ लाख ७० हजार मात्र खर्च भएको बताएका छन्।

कर्मचारीको मिलेमतोमा भुक्तानी भएको छेडागाड नगरपालिका-१२ का वडाध्यक्ष तथा छानबिन समितिका संयोजक प्रेमबहादुर खत्रीले आरोप लगाएका छन्।

खत्रीका अनुसार न्यौपाने होटेलमा २५ लाख ६० हजार ८२५ भुक्तानी भइसकेको र १२ लाख भुक्तानी हुन बाँकी रहेको पाइएको छ। त्यस्तै दीपा होटेलको १६ लाख ८५ हजार ५०२ रुपैयाँ भुक्तानी भइसकेको पाइएको छ।

त्यस्तै कार्यपालिकाका बैठक १६ वटा भएका छन्। जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले खाना खाने ठाउँ एकै ठाउँमा भएका कारण बिल मिलाउन सजिलो भएको छानबिन समितिका संयोजक खत्रीले बताए। होटेल सञ्चालकले प्रमुख प्रशासकीय अधिकृतले भनेअनुसार बिल बनाएको बताएको उनको भनाइ छ।

नगरप्रमुख रत्नबहादुर खड्काले यसबारे छानबिन भइरहेको बताए। निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर आरसीले आफूले सो बिलको भुक्तानी नदिएको बताए।

 

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ९ : ०८ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं