कानूनी दायरामा नआउने स्वास्थ्य संस्था बन्द गर्ने मेयर बालेनको चेतावनी « Khabarhub

कानूनी दायरामा नआउने स्वास्थ्य संस्था बन्द गर्ने मेयर बालेनको चेतावनी


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले विपन्न एवं लक्षित वर्गलाई कानून बमोजिम दिनुपर्ने सुविधा उपलब्ध नगराउने अस्पताल प्रशासन बन्द गर्ने चेतावनी दिएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले केही स्वास्थ्य संस्थाले प्रचलित स्वास्थ्य सम्बन्धी कानुनअनुसार लक्षित वर्गलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याइ निशुल्क उपचार गर्नुपर्नेमा सो नपाइएको उल्लेख गरेका छन् ।

उनले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने विभिन्न ६८ स्वास्थ्य संस्थाहरूलाई कारवाहीका लागि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएको समेत बताएका छन् ।  

उनले स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउनेतर्फ पनि मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

उनले सात दिनभित्र सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई कानुनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने बताएका छन् । 

महानगरपालिकाले सुविधा उपलब्ध गराउने सम्बन्धमा यही जेठ ६ गते सार्वजनिक सूचना जारी गरेको थियो । 

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ९ : २२ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ