विश्व सुर्तीजन्य पदार्थरहित दिवस नेपालमा पनि मनाइयो « Khabarhub

विश्व सुर्तीजन्य पदार्थरहित दिवस नेपालमा पनि मनाइयो


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व सुर्तीजन्य पदार्थरहित दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । 

खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन भन्ने नाराका साथ दिवस मनाइएको हो । दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमााडैंमा बिशेष कार्यक्रमको आयोजना गरेको थियो । 

कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग र मधुमेहजस्ता नसर्ने रोग निम्त्याउने गरेको भन्दै सुर्तीजन्य सेवन त्यागी स्वस्थ जीवनयापन गर्न अनुरोध गरे । सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन, कानुन पारित भई लागू भइसकेको उनले बताए । उनले स्वास्थ्य क्षेत्र सुधारका लागि कार्ययोजना बनाउन कर्मचारीलाई सुझाव दिँदै यसमा आफ्नो पूर्ण साथ रहने बताएका छन् ।

मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थको सेवनको लत छुटाउने कार्यक्रमलाई पहुँचयोग्य बनाउन, सुर्तीजन्य पदार्थमा कर बढाउन र उक्त संकलित करबाट आर्थिकरूपमा विपन्न नागरिकको उपचार खर्च गर्ने कार्य प्रभावकारीरूपमा अगाडि बढाउन आवश्यक रहेको बताए । 

विश्व स्वास्थ्य संगनका अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनको कारण विश्वभर ८० लाख मानिसको मृत्यु हुने गरेको छ । मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । 

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ३ : १२ बजे

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड