वरिष्ठ स्वास्थ्य पत्रकार जोशी सम्मानित | Khabarhub Khabarhub

वरिष्ठ स्वास्थ्य पत्रकार जोशी सम्मानित


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कारबाट वरिष्ठ स्वास्थ्य पत्रकार पदमराज जोशी सम्मानित भएका छन्।

विश्व धूम्रपानरहित दिवसको अवसरमा आज आयोजित एक विषेश समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले हेल्थ टुडेका प्रधानसम्पादक जोशीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कारको राशि नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ सम्मिलित निर्णायक मण्डलले सहभागी भएका स्वास्थ्य प्रकारहरूमध्ये सबैभन्दा बढी अंक ल्याएका पत्रकार जोशीको नाम पुरस्कारका लागि छनौट गरेको हो।

पत्रकार जोशीले सुर्तिजन्य पदार्थविरुद्ध जनचेतना विस्तार गर्न र नसर्ने रोगको संक्रमण न्यूनिकरणमा योगदान गरेको मूल्यांकनका आधारमा उनलाई ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

उनी दुई दशकदेखि निरन्तर स्वास्थ्य पत्रकारितामा संलग्न छन्। 

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ४ : ४४ बजे

चाडपर्वका अवसरमा सावधानी अपनाउन एआइजी कार्कीको आग्रह

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर

कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रूपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङमा अवस्थित

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र

मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरी नगरपालिकामा गत

धरानका मेयर साम्पाङले खोले ‘श्रम संस्कृति पार्टी’, दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका