वरिष्ठ स्वास्थ्य पत्रकार जोशी सम्मानित « Khabarhub

वरिष्ठ स्वास्थ्य पत्रकार जोशी सम्मानित


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कारबाट वरिष्ठ स्वास्थ्य पत्रकार पदमराज जोशी सम्मानित भएका छन्।

विश्व धूम्रपानरहित दिवसको अवसरमा आज आयोजित एक विषेश समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले हेल्थ टुडेका प्रधानसम्पादक जोशीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कारको राशि नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ सम्मिलित निर्णायक मण्डलले सहभागी भएका स्वास्थ्य प्रकारहरूमध्ये सबैभन्दा बढी अंक ल्याएका पत्रकार जोशीको नाम पुरस्कारका लागि छनौट गरेको हो।

पत्रकार जोशीले सुर्तिजन्य पदार्थविरुद्ध जनचेतना विस्तार गर्न र नसर्ने रोगको संक्रमण न्यूनिकरणमा योगदान गरेको मूल्यांकनका आधारमा उनलाई ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

उनी दुई दशकदेखि निरन्तर स्वास्थ्य पत्रकारितामा संलग्न छन्। 

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ४ : ४४ बजे

प्रधानमन्त्रीको सीमा अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीको सदनमा निरन्तर विरोध

काठमाडौं– प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्यबीमा कार्यक्रम पुनः सुरु गर्दै

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडी

उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक

मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो पुरुष खेलाडी

काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो ऐतिहासिक करियरमा अर्को दुर्लभ

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

पर्वत– बिहादी गाउँपालिका-१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट फर्केर व्यावसायिक